बाढी पीडितका लागि राहत सामग्री लिएर एमाले टोली सप्तरीमा
सारांश
- काठमाडौं ।
- सप्तरीका बाढी पीडितका लागि राहत सामग्रीका साथ एमालेको टोली सप्तरी पुगेको छ ।
- एमालेको केन्द्रीय निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत सामग्रीका साथ सोमबार सप्तरी पुगेको हो ।
काठमाडौं । सप्तरीका बाढी पीडितका लागि राहत सामग्रीका साथ एमालेको टोली सप्तरी पुगेको छ । एमालेको केन्द्रीय निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत सामग्रीका साथ सोमबार सप्तरी पुगेको हो ।
अनेरास्ववियुको केन्द्रीय नेतृत्वले तत्कालको लागि २० जनासम्म बस्न मिल्ने खालका ६७ वटा टेन्ट, ७०० त्रिपाल, २४०० थान रेनकोट, १५० परिवारलाई पुग्ने लत्ताकपडा, ९०० थान झुल, र खाद्य सामग्रीसहित सप्तरीको बाढीपीडित समक्ष पुगेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।
एमाले टोलीले बाढी प्रभावित ५९८ पारिवारलाई ६ ठाउँमा केन्द्र बनाएर मंगलवार राहत सामग्री वितरण गरेको छ । तिलाठी वडा नम्बर १, ३, ४ र ५ का १०५ पारिवारका लागि तिलाठीमा राजविराज नगरपालिका वडा नम्बर ९ का २१३ परिवारका लागि राजविराजमा, हनुमाननगर वडा नम्बर १ र ३ का ६५ परिवारका लागि हनुमानगरमा, कृष्ण सवरन गाउँपालिकाका ५१ परिवारका लागि कृष्णसवरनमा, कञ्चनरुप नगरपालिकाका ४ परिवारका लागि कञ्चनरुपमा राहत वितरण गर्ने लामछिानेले बताए ।
यस्तै रुपनी गाउँपालिका वडा नम्बर २, ५ र ६ का ७६ परिवारका लागि रुपनी र तिरहुत वडा नम्बर २ र ६ का ८४ परिवारका लागि तिरहुतमा राहत वितरण गर्ने तयारी एमालेले गरेको छ ।
टोलीमा अनेरास्ववियु अध्यक्ष नवीना लामा, उपाध्यक्षहरु, महासचिव र सचिवहरु छन् । एमाले सप्तरी जिल्ला कमिटीले राहत वितरण ब्यवस्थापनको जिम्मा लिएको छ । एमाले सप्तरीका इन्चार्ज सुमन प्याकुरेल पनि टोलीमा सहभागि छन् ।
प्रतिक्रिया