प्रदेश सरकारले १ हजार नमुना स्कुल चलाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रदेश सरकारले १ हजार नमुना स्कुल चलाउने

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
  • विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत सन् २०२२ सम्म हजार नमुना विद्यालय बनाउने लक्ष्यसहित कार्यक्रमकै रूपमा प्रदेश सरकारमार्फत सञ्चालन गर्ने तयारी भएको हो।
  • विद्यालय तहको अधिकार स्थानीय तहमा गएकाले केन्द्रले नमुना विद्यालयको मापदण्ड बनाउने र प्रदेशले कार्यक्रमका रूपमा कार्यान्वयन गर्ने तयारी भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत सन् २०२२ सम्म हजार नमुना विद्यालय बनाउने लक्ष्यसहित कार्यक्रमकै रूपमा प्रदेश सरकारमार्फत सञ्चालन गर्ने तयारी भएको हो।

विद्यालय तहको अधिकार स्थानीय तहमा गएकाले केन्द्रले नमुना विद्यालयको मापदण्ड बनाउने र प्रदेशले कार्यक्रमका रूपमा कार्यान्वयन गर्ने तयारी भएको हो । नमुना विद्यालयका लागि दातृ निकायले लगानी गर्ने भएकाले प्रदेश सरकारलाई जिम्मेवार बनाउन खोजेको शिक्षा मन्त्रालयका अधिकारी बताउँछन् ।

शिक्षा मन्त्रालयका कार्यक्रम तथा योजना महाशाखा प्रमुख वैकुण्ठ अर्यालले नमुना विद्यालय प्रदेशमार्फत कार्यक्रमका रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको र अर्थ मन्त्रालयसँग छलफल गरेर कार्यक्रमबारे निर्णय हुने बताए । नमुना विद्यालयमा पूर्वाधार विकास, व्यवस्थापकीयलगायत पक्षमा ठूलो लगानी हुने भएकाले केन्द्रले बढी चासो दिएको हो ।

देशभरमा २२२ नमुना विद्यालय छनोट
विद्यालय क्षेत्र विकास कार्यक्रमले सात वर्षमा हजार नमुना विद्यालय बनाउने लक्ष्य राखे पनि दुई वर्षमा २ सय २२ विद्यालय मात्र छनोट भएका छन् । सरकारले अघिल्लो वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखे पनि सामुदायिक विद्यालयले छनोटको आधारसमेत पूरा गर्न नसक्दा लक्ष्य पूरा हुन सकेन । अघिल्लो वर्ष शिक्षा विभागले तीनपटक सार्वजनिक सूचना गर्दा पनि २ सय ९ निर्वाचन क्षेत्रबाट मात्र दरखास्त आएको थियो । नमुना विद्यालय बनाउनका लागि छनोट मापदण्ड पूरा गर्न नसक्दा सबै जिल्ला शिक्षा कार्यालयबाट सबै निर्वाचन क्षेत्र पर्ने गरी सिफारिस आएको थिएन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ☀ ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपुर थिमीमा कौशी खेती मेला हुने
मध्यपुर थिमीमा कौशी खेती मेला हुने
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
सातै प्रदेशमा ४२ हजार युवालाई तालिम दिंदै
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
आजको मौसमः ४ वटा प्रदेशमा बर्षाकाे संभावना
आजको मौसमः ४ वटा प्रदेशमा बर्षाकाे संभावना
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
प्रचण्डले  माओवादी चलाउन नसकेर एमालेमा विलय गराए : बाबुराम भट्टराई
प्रचण्डले माओवादी चलाउन नसकेर एमालेमा विलय गराए : बाबुराम भट्टराई
प्रचण्डको रोजाईमा प्रदेश ४ को सभामुखमा लेखबहादुर
प्रचण्डको रोजाईमा प्रदेश ४ को सभामुखमा लेखबहादुर
उत्तर कोरिया द्वारा दक्षिण कोरियाको प्रस्ताव अस्वीकार
उत्तर कोरिया द्वारा दक्षिण कोरियाको प्रस्ताव अस्वीकार