स्थानीय तहमा कर्मचारी सरुवा, बढुवा रोक्दै
सारांश
- काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदामा स्थानीय तहलाई कर्मचारी भर्ना, सरुवा, बढुवा गर्ने अधिकार रोक्ने प्रावधान थपिएको छ ।
- मन्त्रालय स्रोतका अनुसार स्थानीय तहलाई कर्मचारी भर्ना गर्ने अधिकार रोक्दै गत बिहीबार मन्त्रालयले ऐनको मस्यौदमा मन्त्रिपरिषद्मा पठाएको हो ।
- मन्त्रिपरिषद्मा मस्यौदा पठाएको केही दिनअघि मात्र स्थानीय तहलाई कर्मचारी भर्ना गर्ने अधिकार रोक्ने प्रावधान मस्यौदमा थपिएको मन्त्रालय स्रोतले जनाएको छ।
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदामा स्थानीय तहलाई कर्मचारी भर्ना, सरुवा, बढुवा गर्ने अधिकार रोक्ने प्रावधान थपिएको छ ।
मन्त्रालय स्रोतका अनुसार स्थानीय तहलाई कर्मचारी भर्ना गर्ने अधिकार रोक्दै गत बिहीबार मन्त्रालयले ऐनको मस्यौदमा मन्त्रिपरिषद्मा पठाएको हो । मन्त्रिपरिषद्मा मस्यौदा पठाएको केही दिनअघि मात्र स्थानीय तहलाई कर्मचारी भर्ना गर्ने अधिकार रोक्ने प्रावधान मस्यौदमा थपिएको मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालयले सुरूमा तयार गरेको मस्यौदामा यस्तो प्रावधान राखिएको थिएन । मन्त्रालयले सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको ऐनको मस्यौदमा पनि यस किसिमको प्रावधान राखिएको थिएन । अर्थ र कानुनले आफ्नो राय दिइसकेपछि मन्त्रालय यस्तो प्रावधान राखेको स्रोतको भनाइ छ।
प्रतिक्रिया