बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २१, २०८०
|
|
१४ पटक हेरिएको
Shares
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेश सरकारमा लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आज आइतबार मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।
  • साथै प्रदेशममा मन्त्रालयको संख्या पनि बढाइएको छ ।

मकवानपुर । बागमती प्रदेश सरकारमा लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आज आइतबार मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

साथै प्रदेशममा मन्त्रालयको संख्या पनि बढाइएको छ । प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको हो । यसरी नयाँ मन्त्रालयका रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाउन सकेका थिएनन् । कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आए पनि माओवादी केन्द्रले आफ्नो भागमा परेको सो मन्त्रालय विभाजन गर्न अस्वीकार गर्दै आएको थियो ।

अन्ततः कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी मन्त्री चित्रकारलाई जिम्मेवारी तोकिएको उनकै सचिवालय स्रोतले रातोपाटीलाई जानकारी दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?