प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन:सबै मिलेर अघी बढेमा मात्र देश बन्छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन:सबै मिलेर अघी बढेमा मात्र देश बन्छ

सारांश

  • जनकपुर २ भदौ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गरेका छन्।
  •  जनकपुरधामस्थित प्रदेशसभा भवनमा सम्बोधन गर्दै ओलीले अब ५ वर्षपछिको चुनावमा प्रदेश २ का सांसदहरुले पक्की हुलाकी राजमार्गमा मज्जाले दौडेर प्रचार गर्न सक्ने बताएका छन्।

जनकपुर २ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गरेका छन्। जनकपुरधामस्थित प्रदेशसभा भवनमा सम्बोधन गर्दै ओलीले अब ५ वर्षपछिको चुनावमा प्रदेश २ का सांसदहरुले पक्की हुलाकी राजमार्गमा मज्जाले दौडेर प्रचार गर्न सक्ने बताएका छन्।

शनिबार प्रदेश २ को संसदमा सम्बोधन गर्दै उनले सहरी विकास मन्त्रालयले सम्पूर्ण बजेको ७० प्रतिशत तराई मधेसको लागि छुट्याएको जानकारी दिए।उनले यो बर्ष ८ घर बनायर गरिब ,बाढीपीडितलाई सुरक्षीत अाबास सुबीधा मा राखीने ,गरिब लाई घर माथि जस्ता पाता लगाउन ५० हजार ऋण दिने र कृषिमा बिज्ञान र प्रबिधि मार्फत अगाडी बडनु पर्ने कुरा व्यक्त गरे ।’

‘हुलाकी सडकको निर्माणमा हामी तिब्रता दिँदैछौं। बढीमा ५ वर्षमा यस प्रदेशमा हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न भइसक्छ’, प्रधानमन्त्रीले भने, ‘अर्को पल्ट यहाँहरु चुनावमा हिँड्दा हुलाकी सडकमा मज्जाले दौडिन सक्नुहुन्छ। पक्की बाटोमा।

उनले प्रदेश २ भाग्यमानी भएको समेत बताए। ‘यो प्रदेश यति भाग्यमानी छ कि रेल पनि यसैबाट कुद्छ, गाडी पनि यसैबाट कुद्छ। राजमार्ग पनि यसैमा छ। हुलाकी राजमार्ग पनि यहीँ छ। कलकत्ता जाने पानी जहाज पनि यही प्रदेशबाट हिँड्छ’, उनले भने।

प्रधानमन्त्रीले प्रदेश २ लाई पवित्र र ज्ञानभूमि बताए। उनले यो प्रदेशका मानिसहरुको आस्था र विश्वास प्रगाढ भएको बताए। ‘यो पौराणिकता, ऐतिहासिकता, धार्मिकताको भूमि हो’, प्रधानमन्त्रीले भने, ‘म नमन गर्छु।’

उनले लोकत्रन्त्र विधीको शासन भयको र बिधी र बिधान लाई सबैले मानेर र संविधान मा नभयका कुरा संशोधन मार्फत बिधी पुर्बक अगाडी बडाउन पनि सकिने कुरा स्पस्ट पारे।

सम्बोधन गरेपछि उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषाको बरमझियामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मधेसमा माओवादीबाट ज्यान गुमाएका नेता रामवृक्ष यादवको स्मृतिसभा हुन लागेको हो। यादवको २०५१ भाद्र २ मा हत्या भएको थियो।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    महेन्द्र विश्वकर्मा

    Bhaner hun garer dekhau

    Comment Author

    Udas Bairagi

    Oli ko boli varpardo chaina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?