बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २८, २०७७
|
|
२९ पटक हेरिएको
Shares
बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

सारांश

  • स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
  • आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ ।
  • देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो ।

स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ ।

देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकोसमेत विभागले उल्लेख गरेको छ। आज काठमाडौँ उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३ दशकमव ७ डिग्री रहेकामा आज २१ दशमलव ८ डिग्री सेल्सियस छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु कुहिराको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
घट्यो सुनको मूल्य, कति छ तोलाको ?
घट्यो सुनको मूल्य, कति छ तोलाको ?
विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा
विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा
करिब साढे १ प्रतिशत घट्यो नेप्से
करिब साढे १ प्रतिशत घट्यो नेप्से
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
दीपिकाले रंगेहात देखेपछि रणवीरसँग भयाे ब्रेकअप
दीपिकाले रंगेहात देखेपछि रणवीरसँग भयाे ब्रेकअप
पुडासैनी मृत्यु प्रकरण : सीडीओबाट आयो यस्तो आदेश
पुडासैनी मृत्यु प्रकरण : सीडीओबाट आयो यस्तो आदेश
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो

तपाईंले छुटाउनुभयो कि?