वाइडबडीमा शेरबहादुर देउवा कि जितेन्द्रदेव भ्रष्टाचारी – महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
वाइडबडीमा शेरबहादुर देउवा कि जितेन्द्रदेव भ्रष्टाचारी – महेश बस्नेत

सारांश

  • बुधबार संसदमा बोल्दै नेकपा सांसद महेश बस्नेतले नेपाली कांग्रेसकी समानुपातिक सांसद उमा रेग्मीले नियमावली च्यातेको विषयप्रति निन्दा गरेका छन् ।
  • संसदमा बोल्दै उनले वाइडबडी भ्रष्टाचार र राजनारायण पाठकको प्रसंग पनि निकाले ।
  • वाइडबडी विमान खरिदमा नेपाली कांग्रेस सरकारबाट भ्रष्टाचार भएको जिकिर जिकिर सांसद बस्नेतले गरे ।

बुधबार संसदमा बोल्दै नेकपा सांसद महेश बस्नेतले नेपाली कांग्रेसकी समानुपातिक सांसद उमा रेग्मीले नियमावली च्यातेको विषयप्रति निन्दा गरेका छन् । संसदमा बोल्दै उनले वाइडबडी भ्रष्टाचार र राजनारायण पाठकको प्रसंग पनि निकाले । वाइडबडी विमान खरिदमा नेपाली कांग्रेस सरकारबाट भ्रष्टाचार भएको जिकिर जिकिर सांसद बस्नेतले गरे ।

वाइडबडि भ्रष्टाचारमा जीवन बहादुर शाहीको नाम उल्लेख गर्दै सांसद बस्नेतले जीतेन्द्रदेव यादव कि शेरबहादुर देउबा त्यसबारे आफु निश्चित नभएको बताए । सार्वजनिक लेखा समितिले वाइडबडी भ्रष्टाचारमा शेरबहादुर देउबाको संलग्नता रहे या नरहेको छानविन गर्नु पर्ने माग पनि उनले संसदमा राखे ।

त्यस्तै राजनारायण पाठकको सन्दर्भमा बोल्दै कांग्रेसले नै पाठकलाई आयुक्तमा पठाएको र पाठकले ७८ लाखको भ्रष्टाचार कांग्रेस सांसद सुर्य बहादुर केसीको मध्यस्तथामा गरेको आरोप पनि उनले लगाए ।

चिरञ्जिवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी,जेपी गुप्ता लगायतका नेतालाई कांग्रेसले भ्रष्टाचारमा स्वर्ण पदक दिलाउन सफल भएको भन्दै व्यंग्य समेत सांसद बस्नेतले गरे ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?