देउवा र मोदीद्वारा रेल उद्घाटन

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
२९ पटक हेरिएको
Shares
देउवा र मोदीद्वारा रेल उद्घाटन

सारांश

  • जनकपुर–जयनगर रेलकाे उद्घाटन भएकाे छ ।
  • भारतकाे तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल सेवाकाे उद्घाटन गर्नुभएकाे हाे ।
  • भर्चुअल माध्यमबाट रेल सेवाकाे उद्घाटन भएकाे हाे ।

जनकपुर–जयनगर रेलकाे उद्घाटन भएकाे छ । भारतकाे तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल सेवाकाे उद्घाटन गर्नुभएकाे हाे । भर्चुअल माध्यमबाट रेल सेवाकाे उद्घाटन भएकाे हाे ।

आज उद्घाटन भएसँगै अब भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाउने तयारी छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको कम्पनीले छ । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएकोमा गएको फागुन १ गतेदेखि ‘ड्राई रन’ अर्थात यात्रु नराखी चलाउन थालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?