प्रधानन्यायाधीश राणा कुनै पनि हालतमा पछि नहट्ने, इजलास तोकेर अघि बढे

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २२, २०७८
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै हालतमा राजीनामा नदिने अडानबाट पछि नहट्ने भएका छन् ।
  • उनले निकटस्थसँग कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेको बुझिएको छ ।
  • जबरा सर्वोच्च अदालतको काम नरोक्ने गरी बढेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै हालतमा राजीनामा नदिने अडानबाट पछि नहट्ने भएका छन् । उनले निकटस्थसँग कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेको बुझिएको छ । जबरा सर्वोच्च अदालतको काम नरोक्ने गरी बढेका छन् । सोमबार आफूसहित ६ वटा इजलास तोकेका छन् । जसमध्ये बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकिएका छन् ।

तोकिएका इजलासमा न्यायाधीशहरु कुमार चुडाल, विश्वम्भरप्रसाद श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको नाम छ । यी न्यायाधीशहरुमध्ये प्रधानन्यायाधीश जबरासँग नजिक मानिन्छन् ।

जबराले इजलास तोकेर अगाडि बढेपछि न्यायाधीशहरु सामूहिक छलफलमा जुटेका छन् । उनीहरुमाथि प्रधानन्यायाधीश जबराको विषयले न्याय सेवा प्रभावित नपार्न दबाब बढेको छ । नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलए र नेकपा एमाले निकट कानुन व्यवसायीको संगठन पीपीएलएले तिहार अगाडि नै विज्ञप्तिमार्फत् सर्वोच्च अदालतका नयायाधीशहरु इजलास बस्न नमान्नु अशोभनीय र अस्वभाविक भनेको थियो । उनीहरुले यस्ता कार्य तत्काल बन्द गर्न भनेपछि कानुन व्यवसायीहरु नै प्रधानन्यायाधीशको सवालमा विभाजित देखिएका थिए ।

इजलास सुचारु गर्न काँग्रेस र एमालेनिकट कानुन व्यवसायीहरुको आधिकारिक संगठनले आग्रह गरेपछि सर्वोच्च अदालतमा नयाँ परिस्थिति सृजना भएको छ । आज इजलास तोकिएका न्यायाधीशहरु बस्ने हुन् या होइनन् चासो बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?