प्रधानमन्त्रीको निर्देशनपछि डोटीको सुरक्षा व्यवस्था कडा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको निर्देशनपछि डोटीको सुरक्षा व्यवस्था कडा

सारांश

  • डोटी, कात्तिक ३० – प्रधानमन्त्री शेरबहादुर देउवा शान्ति सुरक्षाको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा निस्किएसँगै डोटीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
  • केही जिल्लाहरुमा उम्मेदवारलाई लक्षित गरी आक्रमण हुन थालेपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम डोटीमा पनि सुरक्षा व्यवस्था झन् कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • जिल्लामा अहिलेसम्म सुरक्षा चुनौती नदेखिए पनि उम्मेदवार, उम्मेदवारका परिवार तथा मतदान हुने स्थलको सुरक्षा योजना तयार पारेर कार्यान्वयन भैरहेको डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी शिवबहादुर सिंहले बताउनुभयो ।

डोटी, कात्तिक ३० – प्रधानमन्त्री शेरबहादुर देउवा शान्ति सुरक्षाको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा निस्किएसँगै डोटीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

केही जिल्लाहरुमा उम्मेदवारलाई लक्षित गरी आक्रमण हुन थालेपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम डोटीमा पनि सुरक्षा व्यवस्था झन् कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म सुरक्षा चुनौती नदेखिए पनि उम्मेदवार, उम्मेदवारका परिवार तथा मतदान हुने स्थलको सुरक्षा योजना तयार पारेर कार्यान्वयन भैरहेको डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी शिवबहादुर सिंहले बताउनुभयो ।

जिल्लाका १ सय ५७ मतदान स्थलमध्ये १० वटा अति संवेदनशील, ३० वटा संवेदनशील र १ सय ७७ वटालाई सामान्य अवस्थामा राखी विभाजन गरी त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको डिएसपी सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ दलहरूबिचको अस्वस्थ प्रतिस्पर्धा, भौगोलिक विकटतालगायतका कारणले हामीले निर्वाचन क्षेत्रको निर्धारण गरेका छौं, सबै क्षेत्र र ठाउँमा हाम्रो मजबुत सुरक्षा प्रणाली लागु भएको छ, कसैले डराउनु पर्ने अवस्था छैन् ।’

मंसिर २१ गते हुने चुनावका लागि डोटीमा १ हजार ६ सय भन्दा बढी नेपाल प्रहरी र ८ सय ३३ जना म्यादी प्रहरी परिचालित हुनेछन् । त्यस्तै नेपाली सेना सशस्त्र प्रहरीले थप सुरक्षा प्रदान गर्ने छन् ।

जिल्लामा निर्वाचनको समयमा कुनैपनि अबान्छिक गतिबिधि हुन नदिन तथा बिभिन्न दलका कार्यकर्ताहरु बिच हुने झडप सक्न लाई प्रहरीले एक छुट्टै टिम परिचालन गरेको छ । जिल्लामा कार्यरत रहेको राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई समेत संलग्न राखी प्रहरीले सादा पोसाकमा पर्याप्त मात्रमा सुरक्षाकर्मि परिचालन गरेको समेत डिएसपी सिंहले बताउनु भयो ।

उहाँले थप भन्नु भयो ‘झडप हुने स्थितीको र अन्य निर्वाचन बिथोल्न सक्ने परिस्थिती निम्त्याउने हरुको बारेमा खबर संकलन गर्ने प्रहरी अधिकृतको कमाण्डमा एउटा छुट्टै परिचालन भएको छ,अप्रिय घटना कुनैपनि हालतमा हुन दिन्नौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली बजारमा सुनको भाउ घटयो, यस्तो छ कारण
सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त
सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त
हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र
हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
बुहारीले ससुराकाे काजकिरिया गर्न खाेज्दा परिवार सामाजिक बहिष्कारमा
बुहारीले ससुराकाे काजकिरिया गर्न खाेज्दा परिवार सामाजिक बहिष्कारमा
अवैध शरणार्थीकाे केन्द्र बन्दै नेपाल
अवैध शरणार्थीकाे केन्द्र बन्दै नेपाल
‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चल्योः इजराइली सेना
‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चल्योः इजराइली सेना
रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध
रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
तिन राप्रपा बिच छिट्टै एकता हुन्छ: दिपक बोहरा
तिन राप्रपा बिच छिट्टै एकता हुन्छ: दिपक बोहरा

तपाईंले छुटाउनुभयो कि?