कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित

सारांश

  • काठमाडौं, ६ चैत्र ।
  • सरकारले कोरोना भाइरसको रोकथामका लाग २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउने देखि अत्यावश्यक कामबाहेकमा हिंडडुल गर्न रोक लगाएपछि जनजीवन प्रभावित भएको छ ।
  • अहिले मानिसहरु विगतमा भन्दा कममात्र सडकमा देखिएका छन् ।

काठमाडौं, ६ चैत्र । सरकारले कोरोना भाइरसको रोकथामका लाग २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउने देखि अत्यावश्यक कामबाहेकमा हिंडडुल गर्न रोक लगाएपछि जनजीवन प्रभावित भएको छ । अहिले मानिसहरु विगतमा भन्दा कममात्र सडकमा देखिएका छन् ।

विद्यालयहरु बन्द गरिएका छन् । कतिपय कार्यालयहरुले कर्मचारीलाई घरबाटै काम गर्न भनेका छन् । आवतजावत् पातलिएको छ । मानिसहरु बाटोमा हिंड्दा मास्क लगाएर मात्र हिंडडुल गरिरहेका छन् ।

शहरका मुख्य केन्द्रहरुमा व्यापारिक गतिविधि निकै घटेको छ । पेट्रोल पम्पहरुमा हिजोसम्म लाम बढी देखिएपनि आजबाट सामान्य अवस्थामा आएको छ ।

यसैगरी, सरकारले चैतभर हुने तय गरेका सबै परीक्षा स्थगित गरेको छ । एसईई परीक्षा अन्तिम समयमा आएर हिजो साँझ स्थगित गरेको सरकारले विश्वविद्यालयको परीक्षा पनि स्थगित गरेको हो ।

सरकारले बढी मानिसको जमघट हुने सिनेमाहल देखि खेलस्थलसम्म बन्द गर्ने निर्णय गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको सयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्न गर्ने निर्णय गरेको हो । त्यसको अनुगमन गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने अनुगमन गर्ने निर्णय गरेको हो । सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम हेल्थ क्लब, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लब आदि बन्द गर्ने निर्णय गरेको समितिले जनाएको छ । यसगरी, सांस्कृतिक सामाजिक कार्यहरु पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक एवं सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरुको भेला बन्द गरिएको छ ।

सरकारले यात्रा बन्देज गरेपछि त्रिभुवन विमानस्थलमा विमान आवतजावत निकै कम भएको छ । गरिएका युरोपका सबै मुलुकहरु, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई आगावमत रोक लगाएको छ ।

यसैगरी, नेपाली सेनाले कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी आकस्मिक कक्ष देखि क्वारेन्टाइन बनाइसकेको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीलाई जोखिम रोकथामका लागि एलर्ट गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८ महिनापछि फेरि सिंहदरबार फर्किए प्रधानमन्त्री ओली, के के गरे पहिलो निर्णय
१८ महिनापछि फेरि सिंहदरबार फर्किए प्रधानमन्त्री ओली, के के गरे पहिलो निर्णय
धरान उपमहानगरपालिकाका मेयरकाे निधन
धरान उपमहानगरपालिकाका मेयरकाे निधन
विप्लव माओवादीले गर्‍यो गोरखाको जिल्ला भेला
विप्लव माओवादीले गर्‍यो गोरखाको जिल्ला भेला
१८ बर्षमुनीका बालबालिकाले नविल बैँकको एप्सबाट पैसा कमाउन सक्ने
१८ बर्षमुनीका बालबालिकाले नविल बैँकको एप्सबाट पैसा कमाउन सक्ने
सुनको मूल्यमा रु ४०० ह्रास
सुनको मूल्यमा रु ४०० ह्रास
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
आज गणतन्त्र दिवस, संविधानको दायित्व पूरा गर्नमा राष्ट्रपतिको जोड
आज गणतन्त्र दिवस, संविधानको दायित्व पूरा गर्नमा राष्ट्रपतिको जोड
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए

तपाईंले छुटाउनुभयो कि?