प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
७२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फाउण्डेसनले नेतृत्वसहितको सुशासन पुरस्कार एक लाख डलर प्रदान गरेको छ ।
  • प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फाउण्डेसनले नेतृत्वसहितको सुशासन पुरस्कार एक लाख डलर प्रदान गरेको छ ।

प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलन–२०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र, सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो ।

पुरस्कार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताए ।
काठमाडौंमा भएको अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताए ।

सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताए । “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशसन सम्भव छैन,” प्रधानमन्त्रीले भने, “हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं ।”

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुनसक्ने बताए । “तर, सरकारले शुन्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
मन्त्रालयसम्मै स्वास्थ्यमा सेटिङ, रातारात गुपचुपमा कर्मचारी सरुवा !
मन्त्रालयसम्मै स्वास्थ्यमा सेटिङ, रातारात गुपचुपमा कर्मचारी सरुवा !
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
निर्वाचन प्रचारप्रसारमा अवैध भारतीय सवारीको प्रयोग बढ्यो
निर्वाचन प्रचारप्रसारमा अवैध भारतीय सवारीको प्रयोग बढ्यो
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा
तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा