नेकपा सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नेकपा सचिवालय बैठक बस्दै,   के के छन् एजेण्डा?

सारांश

  • काठमाडौं।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ।
  •  बैठक आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो।

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ।  बैठक आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो।

प्रतिनिधिसभामा रिक्त सभामुख पदको निर्वाचन र स्थायी समिति बैठक बोलाउने बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो।

बलात्कारको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ।  बैठकमा मंसिर १४ मा भएको उपनिर्वाचनको औपचारिक समीक्षा समेत हुने बताइएको छ ।

मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालयमा आइपुगेको छ। उपचुनावमा आफ्नै गढ मानिएका स्थानमासमेत नेकपा पराजित भएपछि यसअघिको सचिवालय बैठकमा गम्भीर समीक्षा भएको थियो। अधिकांश समीक्षात्मक रिपोर्टमा आन्तरिक कारणले चुनाव हारेको उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?