विप्लव समूहका जिल्ला नेता पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
विप्लव समूहका जिल्ला नेता पक्राउ

सारांश

  • परासी।
  • सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन्।

परासी। सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन्। प्रहरीले उनलाई हिजो सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो। उनी आगो लगाई सङ्गठित अपराध मुद्दामा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ। गत २०७५ फागुन ३० गते विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा सरावल–१ बासामा रोकिराखेको ना५ख ७७४१ र ना४ख ६८२५ नंको ट्रकमा आगो लगाएको घटनामा उनी संलग्न रही फरार रहेका थिए।

यसैगरी यही साउन १६ गते बर्दघाट–१३ स्थित एनसेल टावर क्षति पु¥याउने घटनामा पनि उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। पक्राउ परेका मुसहरविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई पद छाड्न दबाब परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद बहाली गरेको केही दिनमै उनलाई हटाउन दबाब सृजना गरेका हुन् । मन्त्री भट्टराईले खरेलबाट निगम चल्न नसक्ने निष्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउने तयारी गरेको बुझिएको छ । ओली सिंगापुरबाट फर्किएलगत्तै खरेललाई राजीनामा दिन लगाउने या बर्खास्त गर्ने तयारी अनुसार भट्टराईले कदम चाल्ने भएका हुन् ।

२० साउनमा निगमका कार्यकारी अध्यक्ष खरेलसहित उच्च पदस्थ अधिकारीसँगको छलफलमा घुमाउरो भाषामा पदबाट हट्न भनेका छन् । खरेलको उमेर र विषय उठाउँदै घरमै आराम गरेर बसेको भए हुन्थ्यो भनेको खुलेको छ । उनले भने,‘यो उमेरमा घरमै आराम गरेको भए त यस्तो तनाव लिनुपर्दैन थियो होला ।’

निगमले सरकारसँग मागेको २० अर्ब रुपैयाँ मिलाउन निकै कठिन भएको बताए । यसका लागि प्रधानमन्त्री ओली तयार नभइरहेको खुलाउँदै यु टर्न गर्नुपर्ने बताए । निगम निकै जटिल अवस्थामा पुगेको भन्दै कोही पनि भाग्न नपाउने बताए ।

कार्यकारी अध्यक्ष मदन खरेलले विमान खरिदका लागि योजनासहित प्रधानमन्त्री ओलीसमक्ष विवरण पेश गरेको खुलासा समेत भएको छ । वाइडवडीले नै पर्याप्त उडान भर्न नपाइरहेको अवस्थामा खरेल थप विमान खरिदमा सक्रिय भएका छन् । जापान उडान उनकै कार्यशैलीका कारण अलपत्र परेको छ । भट्टराईको हातमा निगम व्यवस्थापनको कामकाज र विवादास्पद भूमिकाको रिपोर्ट पुगिसकेको छ । यसबारे उनले जानकारहरुसँग छलफल समेत गरेका छन् ।

खरेलबाट निगम नचल्ने निष्कर्षमा पुगेका उनले विधिसम्मत् तरिकाले हटाउने या राजीनामा दिन लगाउने तयारी गरेको उनी निकटस्थले रिपोर्टर्स नेपाल डट कमलाई बताएका छन् । निगमको अहिलेको टिम नै विवादमा परेको र झन् संकटमा पुर्याउन सक्रिय भएको प्रमाण भट्टराईसँग पुगेको छ ।

मन्त्री भट्टराईले खरेललाई निगममा ल्याउनमा हवाई माफियाको डिजाइन भएको तथ्य समेत भेटेको बुझिएको छ । नेपाल वायुसेवा निगमलाई संकटमा पुगेको देखाएर विदेशी साझेदार भित्राउन हवाई माफियाको योजना अनुसार खरेलले काम गरिरहेका छन् । निगमभित्र सोही योजना पूरा गर्न महत्वपूर्ण पदमा हवाई माफियाले भनेअनुसारका मान्छेलाई जिम्मेवारी दिएका छन् । यसले निगमभित्र असन्तुष्टि व्यापक बढिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद पार्कमा पुगे प्रधानमन्त्री देउवा
शहीद पार्कमा पुगे प्रधानमन्त्री देउवा
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
पत्रकार कुटिएकाे घटनामा बाेले मुख्यमन्त्रि रार्इ
पत्रकार कुटिएकाे घटनामा बाेले मुख्यमन्त्रि रार्इ
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
सप्तकोशी बाँधमा आइएसले  विस्फोटन गराउन थालेको  प्रचार,कोशी आतंकवादी को निशानामा,
सप्तकोशी बाँधमा आइएसले विस्फोटन गराउन थालेको प्रचार,कोशी आतंकवादी को निशानामा,
वीरगञ्जमा चन्दा आतंक !
वीरगञ्जमा चन्दा आतंक !
संवैधानिक परिषद् बैठक: देउवाले किन पटक पटक बहिस्कार गर्छन् ?
अत्याधिक चिसोको कारण पुलामीको मृत्यु
अत्याधिक चिसोको कारण पुलामीको मृत्यु
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !

तपाईंले छुटाउनुभयो कि?