ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु

सारांश

  • बीबीसी।
  • ब्राजीलको पारा राज्यको एउटा जेलमा दुई गुटबीच भएको झडपमा परी कम्तिमा पनि ५२ जना कैदीको मृत्यु भएको छ।
  • अधिकारीहरुका अनुसार अल्टामीरा जेलमा करिव पाँच घण्टासम्म ग्याङ फाइट भएको थियो।

बीबीसी। ब्राजीलको पारा राज्यको एउटा जेलमा दुई गुटबीच भएको झडपमा परी कम्तिमा पनि ५२ जना कैदीको मृत्यु भएको छ।अधिकारीहरुका अनुसार अल्टामीरा जेलमा करिव पाँच घण्टासम्म ग्याङ फाइट भएको थियो। स्थानीय संचारमाध्यमका अनुसार जेलका एक भागका कैदी अर्को भागमा पुग्दा दोहोरो झडप भएको थियो। मारिएका मध्ये १६ जनाको शरीरबाट टाउको अलग भएको छ।बीबीसीका अनुसार जेलको एउटा भागमा एक पक्षले आगो लगाउँदा धेरै जनाको धुँवामा निस्सासिएर मृत्यु भएको थियो।

कैदीले जेलका दुई जना अधिकारीलाई बन्धक पनि बनाएका थिए। उनीहरुलाई पछि रिहा गराइएको थियो। कैदीबीचको झडप स्थानीय समय अनुसार विहान सात बजे सुरु भएको थियो, उक्त झडप करिव पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो।ब्राजीलका संचारमाध्यमले देखाएको एउटा भिडियोमा एउटा भवनबाट धुँवाको मुस्लो निस्किएको थियो। अन्य भिडियोमा कैदी बन्दी जेलको छतमा आत्तिइरहेको अवस्थमा देखिएका थिए।

जेलमा जुन पक्षबीच झगडा भयो उनीहरुको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन। स्थानीय संचारमाध्यमका अनुसार अल्टामीरा जेलमा २०० कैदी राख्ने क्षमता भएपनि त्यहाँ ३११ कैदी थिए। ब्राजीलको जेलमा हिंसाका घटनालाई सामान्य रुपमा लिइन्छ। ब्राजीलका जेलमा करिव सात लाख मानिस बन्दीका रुपमा रहेका छन्। धेरै जसो जेलमा क्षमता भन्दा धेरै कैदी बन्दी छन्। मे महिना एकै दिन फरक फरक जेलमा भएका हिंसाका घटनामा ४० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारी खेतीबाट महिला उत्साहित
तरकारी खेतीबाट महिला उत्साहित
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न
विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने
विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने
एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’
Browse Some Online dating sites Reviews Prior to You Join
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?