प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
सारांश
- शिखरन्युज ५ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि औपचारिक ६ दिने चीन भ्रमणमा जाँदैछन् ।
- आज मंगलबार प्रधानमन्त्री ओलीको नेतृत्वमा मन्त्री, सांसद, सञ्चारकर्मी लगायत १ सय १९ जनाको जम्बो टोलीको चीन उड्न लागेका हुन् ।
- प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा-जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार- यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, सरकारका सचिव, निजी क्षेत्रका प्रतिनिधि र पत्रकार भ्रमणमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको छ ।
शिखरन्युज ५ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि औपचारिक ६ दिने चीन भ्रमणमा जाँदैछन् । आज मंगलबार प्रधानमन्त्री ओलीको नेतृत्वमा मन्त्री, सांसद, सञ्चारकर्मी लगायत १ सय १९ जनाको जम्बो टोलीको चीन उड्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा-जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार- यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, सरकारका सचिव, निजी क्षेत्रका प्रतिनिधि र पत्रकार भ्रमणमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको छ ।
प्रधानमन्त्री ओलीसँगै भ्रमणमा सरकारको तर्फबाट ४२ जना, सरकारी सञ्चारमाध्यमबाटै ६ जना सञ्चारकर्मी, बेइजिङस्थित नेपाली दूतावासबाट ८ जना सहभागी हुँदैछन् ।
भ्रमणमा विभिन्न पत्रिकाका प्रधान सम्पादक, पत्रकार लगायत ११ जना, उद्योग व्यापारी ५२ जना जाँदैछन् । चीन भ्रमणपछि प्रधानमन्त्री ओली नेतृत्वको जम्बो टोली असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले नेपालको विकासलाई थप गति दिन छिमेकी राष्ट्र चीनको सहयोग आवश्यक रहेकाले आफू त्यहाँको भ्रमणमा जान लागेको जानकारी संघीय संसद्लाई हिजो सम्बोधन गर्दै जानकारी गराएका थिए।
चीनका प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणमा हुन लागेको भ्रमणमा चीनसँग राष्ट्रिय प्राथमिकता र विकासका एजेन्डामा गम्भीर छलफल हुने बताएका थिए ।
भ्रमण टोलीमा प्रमका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली, परराष्ट्रविद् राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्यसचिव चन्द्रकुमार घिमिरे, भौतिक पूर्वाधारसचिव मधुसुधन अधिकारी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी छन् ।
सांसदहरू जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्र केसी, निर्जला राउत, पार्वता डिसी चौधरी, नैनकला ओझा, सुरेन्द्रकुमार ओझा,
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रमका निजी चिकित्सक डा. दिव्या सिंह शाह, प्रमका स्वकीय सचिव राजेश बज्राचार्य, जिल्ला समन्वय समिति मुस्ताङका संयोजक छिरिङल्हामो गुरुङ, परराष्ट्रका सहसचिव गणेश ढकाल, प्रमुख शिष्टाचार महापाल दीपक अधिकारी, ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, प्रधानमन्त्रीका प्रमुख सुरक्षा अधिकृत कर्नेल विष्णुकुमार खड्का, परराष्ट्रका उपसचिव रोशन खनाल, प्रमका एडिसी हिमालय थापा, सुरक्षा अधिकृत क्याप्टेन उज्ज्वल केसी, परराष्ट्रका प्रोटोकल अफिसर कुलबहादुर मगर, प्रहरी निरीक्षक हरि खतिवडा, परराष्ट्रका नासु उत्तम घिमिरे, निजी चिकित्सक महेन्द्रलाल श्रेष्ठ, सहयोगी श्रीती शाक्य,
त्यसैगरी, राजदूत लीलामणि पौड्याल, उपनियोग प्रमुख सुशीलकुमार लम्साल, इकोनोमिक काउन्सिलर विनोद आचार्य, सैन्य सहचारी सहायक रथी विनोद पाण्डे, मिनिस्टर काउन्सिलर हरिश्चन्द्र घिमिरे, प्रथम सचिव हरिप्रसाद लुइँटेल, तृतीय सचिव उत्तमप्रसाद न्यौपाने ।
उद्योगी व्यवसायी नेउवा महासंघ अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरू चण्डीराज ढकाल, किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कामु महानिर्देशक गोपालप्रसाद तिवारी, कार्यकारी सदस्यहरू प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाईं, ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, राष्ट्रिय परिषद् सदस्यद्वय गुरुप्रसाद न्यौपाने र मनीष खेमका, सदस्य दुर्गाविक्रम थापा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू कमलेशकुमार अग्रवाल, दीपककुमार मलहोत्रा, इच्छाराज तामाङ, नेपाल चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका कामु अध्यक्ष त्रिभुवनधर तुलाधर, सल्लाहकार नरेन्द्र उलक, कार्यकारी सदस्य गौरव अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष पूर्णबहादुर भण्डारी, वरिष्ठ उपाध्यक्ष भरतबहादुर थापा, एसोसिएट सदस्य शम्भुप्रसाद पोखरेल, बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति, निर्देशक प्रदीपकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत उत्तरबहादुर श्रेष्ठ, राष्ट्रिय उद्योग तथा वाणिज्य युनियनका महासचिव रामजीप्रसाद बराल, पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष बद्रीप्रसाद गौतम र सदस्य हिरादेवी कँडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, शिवम सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयल, नेपाल–चीन व्यापार तथा उद्योग संघका अध्यक्ष अन्जु पौडेल, हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, महासचिव लोकबहादुर भण्डारी, अन्य व्यवसायीहरू नीरा पुलामी, आङछिरिङ शेर्पा, दिनेशप्रसाद श्रेष्ठ, सचिनलाल आचार्य, सुरिथप्रसाद घिमिरे, गौतम दास श्रेष्ठ, पूर्णबहादुर राई, मोहन डाँगी, शशी पौडेल, गोरे शेर्पा, भोजबहादुर शाह, कृष्णप्रसाद आचार्य लगायत सञ्चारकर्मी सहभागी छन् ।
DB Magar
अझै पुगेन १०१९ लानु पर्ने जनताले तिरेको करकाे पैसा छदैछनि