प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल !

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता छबिलाल बिश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाइ स्थायी बनाउन ढिला गर्न नहुने बताएका छन् ।
  • रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद समेत रहेका बिश्वकर्माले अहिले कायम रहेका ७ वटै मुकामलाइ स्थायी र नामाकरण गरिहाल्नुपर्ने बताएका हुन् ।
  • प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता छबिलाल बिश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाइ स्थायी बनाउन ढिला गर्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद समेत रहेका बिश्वकर्माले अहिले कायम रहेका ७ वटै मुकामलाइ स्थायी र नामाकरण गरिहाल्नुपर्ने बताएका हुन् । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ ।

‘अब यस्लाइ चर्चा र बहसको बिषय बनाउन जरुरी छैन,संसारले मानेको बुद्ध जन्मस्थल लुम्बिनी नै नामको लागि उत्तम छ,राजधानी त बुटवल माइन्डसेट भइसक्यो ।’-उनले भने ।

‘अब यहा पूर्वाधार पनि बनिसके,नाम पनि सर्बमान्य लुम्बिनी नै हो यस्मा अब धेरै घुमाउरो कुरा गर्नुपरेन ।’बिश्वकर्माको भनाइ छ । सरकार बिकास र समृद्धिको दिशातर्फ हिडिरहेको भन्दै उनले बिप्लवलाइ गैर राजनीतिक गतिबिधि गर्न छुट नभएको बताए ।

सरकारले नेकपालाइ प्रतिबन्ध लगाउदा स्याबास पाउनुपर्ने भन्दै उनले सरकारको निर्णय ठीक भएको बताए । रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेको उनले सिके राउतलाइ मूल धारको राजनीतिमा ल्याएर अखण्ड मुलुक बनाउने प्रयास गरिएको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति ट्रम्प नेपाल र भुटानलाई भारतको भूभाग ठान्छन्
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
गोरखा घैरुङमा प्राइम कमर्सियल बैंकको शाखा
गोरखा घैरुङमा प्राइम कमर्सियल बैंकको शाखा
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
असार १९ गते विहिबारको राशीफल यस्तो छ
अक्षयलाई अर्को गोल्ड, इन्स्टाग्राममा कसका फलाेअर कति ?
अक्षयलाई अर्को गोल्ड, इन्स्टाग्राममा कसका फलाेअर कति ?
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !
नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !
नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने
नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने
सुनको मूल्यको नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?
सुनको मूल्यको नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?

तपाईंले छुटाउनुभयो कि?