भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ
सारांश
- विराटनगर, ४ जेठ ।
- भारतीय राजदूतावासको विराटनगर–१३ स्थित सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट गराएको घटनामा संलग्न भएको आरोपमा थप एकजनालाई पक्राउ गरिएको छ ।
- मोरङको बूढीगंगा गाउँपालिका–२ का ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर, ४ जेठ । भारतीय राजदूतावासको विराटनगर–१३ स्थित सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट गराएको घटनामा संलग्न भएको आरोपमा थप एकजनालाई पक्राउ गरिएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–२ का ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको बताइएको छ ।
अभियुक्त राईलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ । बैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया