ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद

सारांश

  • काठमाडौं, पुस १२ ।
  • माओवादी केन्द्रलाई राष्ट्रपति, सभामुख र पार्टी अध्यक्ष पद दिए माओवादीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने बुझिएको छ ।
  • पार्टी एकतापछि एउटा पार्टीको प्रधानमन्त्री भए अर्को पार्टीको पार्टी अध्यक्ष हुनुपर्ने माओवादी नेताहरुको भनाई छ ।

काठमाडौं, पुस १२ । माओवादी केन्द्रलाई राष्ट्रपति, सभामुख र पार्टी अध्यक्ष पद दिए माओवादीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने बुझिएको छ ।

पार्टी एकतापछि एउटा पार्टीको प्रधानमन्त्री भए अर्को पार्टीको पार्टी अध्यक्ष हुनुपर्ने माओवादी नेताहरुको भनाई छ । तर, एमाले नेताहरुले संसदको ठूलो पार्टी एमालेका अध्यक्ष नै पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुपर्ने भन्दै आइरहेका छन् ।

पार्टी अध्यक्ष र नयाँ बन्ने सरकार गठनमा एमाले–माओवादीबीच खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ । पार्टी एकताका लागि दबाब बढाउन भइरहेको दौडधुप र गृहकार्य हेर्दा एमाले–माओवादीका अध्यक्षबीच अहिले केही आशंकाले घर घेरेको छ ।

माओवादीले यसरी सबै महत्वपूर्ण उच्च पदमा दाबी गरेपछि केपी ओली झस्किएका छन् । ओलीका अगाडि माओवादीलाई ‘सर्वस्व’ सुम्पिएर आफू प्रधानमन्त्री बन्ने कि पार्टी र मूल्य–मान्यता जोगाएर प्रधानमन्त्री पद प्राप्तिको बाटो छोड्ने भन्ने प्रश्न यतिबेला ओलीका अगाडि खडा भएको छ ।

तर, प्रधानमन्त्री बन्नकै निम्ति माओवादीलाई राष्ट्रपति, सभामुख र पार्टी अध्यक्ष पद सुम्पन नसकिने निचोडमा भने ओली पुगेका छन् ।

माओवादीले निहुँ खोज्न थालेको संकेत पाएपछि ओलीले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गरेका छन् । गत सोमबार (३ गते) बालकोटस्थित आफ्नै निवासमा निमन्त्रणा गरेर ओलीले यादवसँग वार्तालाप गरेका हुन् ।

राष्ट्रिय सभाको निर्वाचन, अध्यादेश र सरकार गठनलगायतका विषयमा दुई नेताबीच भएको छलफलका क्रममा ओलीले यादवलाई वाम गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।

ओलीको आग्रहलाई सकारात्मक रूपमा लिँदै यादवले मधेसका कतिपय मुद्दामा उदारता दर्शाउन ओलीलाई अनुरोध गरेका थिए । वार्ता सकारात्मक भए पनि यो टुङ्गोमा पुगिनसकेको बुझिएको छ ।

नेपाली कांग्रेसको नेतृत्व र अन्य कतिपय शक्तिकेन्द्रहरूले प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाइदिने वचन दिएपछि केही दिनयता प्रचण्ड वाम गठबन्धनप्रति उदासीनता देखाउँदै छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    JN Marasini

    जसरी हुन्छ । सहमती गर ?

    Comment Author

    Tilak Gaire

    यो भनाइ गलत हुनु पर्छ सहि हो भने गलत छ सबै आफै खान जनमत पनि हुनु पर्छ केही पाउन केही गुमाउनु पर्छ

    Comment Author

    विष्णु प्रसाद लामिछाने

    यो पत्रिकाको प्रकाशक को कुरा सुनेर कुनै पनि विश्वास गर्न सकिन्न।जे मन लाग्यो त्यही लेख्दो रहेछ। यो बाम गठबन्धन बिरोधी पत्रिका रहेछ।

    Comment Author

    Krishna Gaudel

    Prachand rastrapati kp pradhan mantri … sakkigo ni

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?