बेलायतले अनुदान सहयोग दिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २, २०७९
|
|
२८ पटक हेरिएको
Shares
बेलायतले अनुदान सहयोग दिने

सारांश

  • काठमाडौँ ।
  • बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
  • ‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायत सरकारकातर्फबाट उक्त अनुदान सहायता स्वीकार गरिएको हो ।

काठमाडौँ । बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायत सरकारकातर्फबाट उक्त अनुदान सहायता स्वीकार गरिएको हो । द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् ।

अर्थसचिव रायले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि बेलायत सरकारले लामो समयदेखि सहयोग गर्दै आएको स्मरण गरे । पछिल्लो सहयोगले स्थानीय तहको पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र त्यसबाट नागरिकको सार्वजनिक जीवन थप गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे ।

यस्तै नेपालका लागि बेलायतका राजदूत पोलिटले नयाँ कार्यक्रममार्फत स्थानीय तहलाई बलियो, सक्षम तथा जवाफदेही बनाउन सहयोग पुग्ने बताए । भौतिक पूर्वाधारको विकासपछि नेपाल सरकारले अपेक्षा गरेको विकासको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै राजदूत पोलिटले आगामी छ वर्षभित्र सो परियोजना कार्यान्वयन हुने बताए । नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धमा पछिल्लो परियोजनाको कार्यान्वयनसँगै अर्को महत्वपूर्ण उदाहरणको रूपमा स्थापित हुने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?