काभ्रेका मुख्य मुख्य स्थानमा सिसी क्यामेरा राखिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
काभ्रेका मुख्य मुख्य स्थानमा सिसी क्यामेरा राखिने

सारांश

  • जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका मुख्य शहर बनेपा, पनौती र धुलिखेलको विभिन्न शहरमा जोडिएका र जोडिन लागेका सबै सिसी क्यामेराको नियन्त्रण अब एकै ठाउँबाट गरिने भएको छ ।
  • मुख्य शहरमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलापको निगरानीलाई अझ मजबुद र छिटो छरितो बनाउनका लागि यसरी एउटै ठाउँबाट निगरानी गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका प्रहरी प्रमुख रविराज खड्काले बताउनुभयो ।
  • यसअघि पनौतीका बजारमा राखिएको सिसी क्यामेरा प्रहरीचौकी पनौती र बनेपामा राखिएका सिसी क्यामेरा इलाका प्रहरी कार्यालय बनेपाले निगरानी गर्दै आइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका मुख्य शहर बनेपा, पनौती र धुलिखेलको विभिन्न शहरमा जोडिएका र जोडिन लागेका सबै सिसी क्यामेराको नियन्त्रण अब एकै ठाउँबाट गरिने भएको छ ।

मुख्य शहरमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलापको निगरानीलाई अझ मजबुद र छिटो छरितो बनाउनका लागि यसरी एउटै ठाउँबाट निगरानी गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका प्रहरी प्रमुख रविराज खड्काले बताउनुभयो ।

यसअघि पनौतीका बजारमा राखिएको सिसी क्यामेरा प्रहरीचौकी पनौती र बनेपामा राखिएका सिसी क्यामेरा इलाका प्रहरी कार्यालय बनेपाले निगरानी गर्दै आइरहेको छ । खड्काले भन्नुभयो, ‘‘धुलिखेल नगरपालिकाभित्रका सडक वरिपरि सिसी क्यामेरा राख्ने भन्ने कुरा आएपछि बनेपा र पनौतीमा सञ्चालन भइरहेको सिसी टिभीलाई पनि केन्द्रीकृत गर्दै एकै ठाउँबाट निगरानी गर्ने भन्ने कुरा आएपछि त्यसलाई व्यवस्थित गर्ने गरी काम अगाडि बढिरहेको छ ।’’

बैंक, होटल, उद्योग वाणिज्य सङ्घ र सरोकारवाला निकायसँग सहकार्य गरी मुख्यमुख्य ठाउँमा राखिएको सिसी क्यामेरा सबै प्रहरीकै सञ्जालमा हालेर एकै ठाउँमा ल्याउने गरी काम अगाडि बढिरहेको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।

(https://mundonow.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?