प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…

सारांश

  • काठमाडौं, १६ बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकप्रछि आफ्नो अगाध श्रद्धा र ठूलो सम्मान रहेको बताएका छन्।
  • नेपाल ट्रान्सप्लान्ट सोसाइटीको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन तथा नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेशन सोसाइटी अफ सार्कको ११औं अन्तर्रा्ष्ट्रिय सम्मेलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले चिकित्सककै कारण आफू सक्रिय जीवन बाँचिरहेको बताए।

काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकप्रछि आफ्नो अगाध श्रद्धा र ठूलो सम्मान रहेको बताएका छन्। नेपाल ट्रान्सप्लान्ट सोसाइटीको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन तथा नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेशन सोसाइटी अफ सार्कको ११औं अन्तर्रा्ष्ट्रिय सम्मेलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले चिकित्सककै कारण आफू सक्रिय जीवन बाँचिरहेको बताए।
‘म अहिले यसरी सक्रिय भएर देशको नेतृत्व गर्न सक्नुको पछाडि डाक्टरहरुको ठूलो मिहिनेत छ’, उनले भने, ‘चिकित्सकप्रति अगाध श्रद्धा गर्छु। चिकित्सककै कारण म अहिले यसरी उभिएर बोलिरहेको छु।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले ११ वर्षअघि भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको स्मरण गरे। उनले भने ‘मिर्गौला प्रत्यारोपण गर्दैमा जीवन सकिन्छ भन्नु गलत हो। हेर्नुस्, म अंग प्रत्यारोपित व्यक्ति हुँ। सन् २००७ मा मेरो शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको हो।’ नेपालमा त्यतिबेला मिर्गौला प्रत्यारोपण सेवा नभएकाले भारत जानुपरेको उनको भनाई थियो।
प्रधानमन्त्री ओलीले पछिल्लो एक दशकमा मिर्गौला प्रत्यारोपणको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेकोमा खुसी व्यक्त गरे। उनले मिर्गौला रोगको उपचारमा सक्दो सहयोग गरिरहेको भन्दै थप आवश्यकता भए योजना बनाउन समेत निर्देशन दिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले डाक्टरहरुले हरेक बिरामीको जीवन बचाउने नियतले नै उपचार गर्ने भएकाले डाक्टरको नियतमा शंका नगर्न पनि आग्रह गरे।

‘मलाई त हरेक चिकित्सकको नियत एउटै छ जस्तो लाग्छ, त्यो भनेको बिरामी बचाउनु नै हो।’ उनले आफूलाई डाक्टरहरुले जीवनदान दिएकाले उनीहरुका कुरा सधैं सुन्ने र पालना गर्ने गरेको समेत बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटेकाे दुई महिनामै राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता हुने संकेत
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
छानी–छानी देशको मौलिक पहिचानहरूमाथि आक्रमण गरिँदै– सुुशील देवकोटा
छानी–छानी देशको मौलिक पहिचानहरूमाथि आक्रमण गरिँदै– सुुशील देवकोटा
सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा
सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा
श्रीमतीको हत्या गरी आत्महत्या
श्रीमतीको हत्या गरी आत्महत्या
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
राराको हवाई भाडा घट्यो
राराको हवाई भाडा घट्यो
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा

तपाईंले छुटाउनुभयो कि?