नरेन्द्र मोदीलार्इ उप–महानगरपालिकाको साँचो हस्तान्तरण गरिने !
सारांश
- धनुषा, २६ वैशाख ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ जनकपुर उप–महानगरपालिकाको साँचो हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ ।
- शनिबार नेपाल भ्रमणमा आउने मोदीलार्इ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक स्थल बाह्रविघा रङ्गभुमि मैदानमा हुने नागरिक अभिनन्दनको कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाको साँचो हस्तान्तरण हुने कार्यक्रम तय गरिएको हो ।
धनुषा, २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ जनकपुर उप–महानगरपालिकाको साँचो हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ । शनिबार नेपाल भ्रमणमा आउने मोदीलार्इ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक स्थल बाह्रविघा रङ्गभुमि मैदानमा हुने नागरिक अभिनन्दनको कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाको साँचो हस्तान्तरण हुने कार्यक्रम तय गरिएको हो । साथै मोदीलार्इ अभिनन्दन पनि गरिनेछ ।
जनकपुर उप–महानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार सम्मानको क्रममा साँचो हस्तान्तरणको चलनअनुसार मोदीलाई कलात्मक साँचो हस्तान्तरण गर्न लागिएको हो ।
साँचो हस्तान्तरणको अर्थ उनले प्रस्ट्याउँदै साहले भने ‘विशिष्ट अतिथिका लागि उप–महानगर खुला छ’ भन्ने हो । ‘साँचो दिनुको अर्थ विश्वको जुनसुकै देशको अतिथिलाई जनकपुर उप–महानगरपालिकामा आउन २४ औं घण्टा खुल्ला रहने हो । अतिथि देव भवः अर्थात अतिथि भगवानको एउटा स्वरुप भएकोले अतिथिलाई जहिले पनि जुनसुक्कै समयमा पनि जनकपुर उप–महानगरपालिकामा आउने साँचो खुल्ला रहने उदेश्यका साथ साँचो प्रदान गरिन लागिएको हो ।’
प्रतिक्रिया