प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओलीले सरकार गठन भएको एक वर्ष पूरा भएको अवसर पारेर बिहीबार देशबासीका नाममा सम्वोधन गर्ने भएका छन्।
- बिहीबार दिउँदो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट देशबासीका नाममा गरिने सम्बोधनमा सरकारले एक वर्षभित्र गरेका कामको बारेमा जानकारी गराइने छ।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकार गठन भएको एक वर्ष पूरा भएको अवसर पारेर बिहीबार देशबासीका नाममा सम्वोधन गर्ने भएका छन्।
बिहीबार दिउँदो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट देशबासीका नाममा गरिने सम्बोधनमा सरकारले एक वर्षभित्र गरेका कामको बारेमा जानकारी गराइने छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार गठन भएदेखि हालसम्म सरकारले गरेका उपलब्धिलाई समेटेर प्रधानमन्त्रीले सम्वोधन गर्ने तयारी गरेका हुन्।
केपी ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो। सरकार गठन भएको एक वर्ष शुक्रबार पूरा हुँदैछ।
ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षभित्र सरकारले केही राम्रा कामको सुरुवात गरेको छ भने जनताको दैनिक जीवनसँग सरोकार राख्ने काम सरकारले गर्न नसकेको भन्दै आलोचना पनि हुने गरेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया