धमाधम पक्राउ पर्न थाले विप्लव समूहका नेता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
धमाधम पक्राउ पर्न थाले विप्लव समूहका नेता

सारांश

  • गोरखा।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन्।
गोरखा। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन्। 
प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।
त्यस्तै  पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पुर्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएको उनले बताए। पाण्डेलाई आइतबार जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरिएको  प्रहरीले जनाएको छ।
यसैगरी झापाकाे सुरुङ्गामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 
यो सँगै झापामा विप्लव समूहका छ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। यसअघि इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडालाई समेत प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?