भाइटिकाकाे दिनदेखि डिशहाेममा ‘लुछाचुँडि’, चुरिफुरी पनि भाइटिकाकै दिन देखि !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
भाइटिकाकाे दिनदेखि डिशहाेममा ‘लुछाचुँडि’, चुरिफुरी पनि भाइटिकाकै दिन देखि !

सारांश

  • काठमाडाै, २० कात्तिक ।
  • डिस मिडिया नेटवर्क द्वारा संचालित रमार्इलाे टिभिमा  तिहारकाे अवसर पारेर नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरू प्रशारण हुने भएका छन् ।
  • भार्इटिकाकाे दिनदेखि ‘दृष्टी, एकादेशकाे चुरिफूरी, लुछाचुडि,र भारतिय टेलिश्रृंखला सिअार्इडी काे नेपाली नाट्य रूपान्तरीत कार्यक्रम अपराध प्रशारण हुन लागेकाे हाे ।

काठमाडाै, २० कात्तिक । डिस मिडिया नेटवर्क द्वारा संचालित रमार्इलाे टिभिमा  तिहारकाे अवसर पारेर नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरू प्रशारण हुने भएका छन् ।

भार्इटिकाकाे दिनदेखि ‘दृष्टी, एकादेशकाे चुरिफूरी, लुछाचुडि,र भारतिय टेलिश्रृंखला सिअार्इडी काे नेपाली नाट्य रूपान्तरीत कार्यक्रम अपराध प्रशारण हुन लागेकाे हाे । मंगलबार राजधानि काठमाडाैमा  पत्रकार  सम्मेलन गर्दै अायाेजकले उक्त कुरा बताएकाे हाे । 

नारि समवेदनामा अाधारित सामाजिक टेलिश्रृंखला दृष्टि ऋषि लामिछानेले नेर्देशन गरेका हुन् । दृष्टीमा मिथिला शर्मा, कविता गेलालकाे मुख्य भुमिका रहेकाे छ । उक्त  टेलिश्रृंखला प्रत्यक शुक्रवार साँझ ८: ३० बजे प्रशारण हुनेछ । त्यस्तै रानिबारी हत्या काण्ड, बसन्तपुर एसिड अाक्रमण जस्ता घटनाहरूकाे बिवरण सहित नाट्यरूपानतरण गरिएकाे कार्यक्रम ‘अपराध’ पनि प्रशारण हुने छ । अपरााध प्रत्येक शनिवार साँझ ८:३० बजे प्रशारण हुने अायाेजकले बताएकाे छ । नेपाली मनाेरञ्जन उद्याेगका नामि निर्देशक, लेखक तथा प्राविधिकहरूकाे संग्लग्नतामा बन्न लागेका कार्यक्रमहरूले विदेशी स्वाद लिइरहेका नेपाली दर्शकहरूलाइ माैलिक कार्यक्रमहरूले अाकर्षण गर्ने डिसमिडिया नेटवर्कका निर्देशक सुदिप अाचार्यले बताए ।

त्यसैगरि रमार्इलाे टिभिमा नै ‘लुँछाचुँडि’ प्रत्येक शनिवार साँझ ८:  ३० बजे  ‘एकादेशकाे चुरिफुरि’ प्रत्यक शुक्रबार  साँझ ८ बजे प्रशारण हुनेछन् । डिसमिडियाले निकट भविष्यमानै मेघा धारावाहिक श्रृंखला, रियालिटी शाे, लभ सिरिज, हरर र थ्रलर सिरिज पनि निर्माण गरि प्रशारण गरिने रमार्इलाे  टिभिका निर्देशक दयाराम पाण्डेले बताए । रमार्इलाे एचडि तथा एक्शन स्पाेर्टस एचडिका लागि अाेरिजिनल र्इन्टर्टेन्मेन्ट प्रा.ली (अाेइपिएल)ले कार्यक्रमहरू उत्पादन गर्दै अार्इरहेकाे  पनि कार्यक्रममा बतार्इएकाे थियाे ।  यस अघि रमार्इलाे टेलिभिजनमा अानन्दी, जड्याैरी, लाेक भाका, मेराे कथा, म्युजिक र्इभ,झुम्कि, ग्रहफल जस्ता कार्यक्रमहरू प्रशारण हुँदै अार्इरहेका छन् ।    

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?