मेचीनगरलाई अग्निनियन्त्रणका सामग्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मेचीनगरलाई अग्निनियन्त्रणका सामग्री

सारांश

  • भद्रपुर, २४ माघ , बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ ।
  • फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो ।
  • गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रिटसमेत नेपाल आउनुभएको थियो ।

भद्रपुर, २४ माघ , बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ ।

फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो ।

गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रिटसमेत नेपाल आउनुभएको थियो । उहाँहरुले तीनसम्म मेचीनगर, विर्तामोड, दमक, भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा कार्यरत अग्निनियन्त्रयक तथा नगर प्रहरीलाई विपत् व्यवस्थापनसम्बन्धी तालीम प्रदान गर्नुहुने नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

मेचीनगर–६ काँकडभिट्टा निवासी गुरुङ बेलायत फोक्सटन क्षेत्रका नेपालीमूलको पहिलो पूर्वकाउन्सिरसमेत हुनुहुन्छ । यसअघि गुरुङको सक्रियतामै भारतीय राजदूतावासमार्फत एउटा एम्बुलेन्स मेचीनगर नगरपालिकालाई उपलब्ध गराइएको थियो ।

उद्योग बन्द गर्न माग

झापाको दुहागढीमा सञ्चालित बिबिसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेपछि उद्योग बन्द गर्न माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार मेचीनगर–१४ को वडा कार्यालयमा उद्योगबाट निस्कने धुलो र धुँवाले स्वास्थ्यमा असर पार्नाका साथै उद्योग वरपरका जग्गामा कृषकले लगाएका बालीनालीमा समेत क्षति पुगेकाले स्थानीयवासीले उद्योग बन्द गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

विगत १२ वर्षदेखि सञ्चालित सो उद्योगले स्थापना हुँदा स्थानीयवासी र तत्कालीन गाउँ विकास समितिसँग गरेका कुनै पनि सम्झौता पालना नगरेको स्थानीयवासी विश्व थापाले बताउनुभयो । सम्झौताको पहिलो बुँदामा स्थानीयवासीले प्रदुषण बढेको ठहर गरेमा जुनसुकै बेला उद्योग बन्द गर्नुपर्ने लेखिएको हुँदा सो उद्योग बन्द गर्नुको विकल्प नरहेको सङ्घर्ष समितिका गोपीराज मैनालीले बताउनुभयो ।

वडा कार्यालयमा सङ्घर्ष समितिको अगुवाईमा १५० भन्दा बढी पीडितले हस्ताक्षर गरी उद्योग बन्द गराउन ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष शङ्करप्रसाद पोखरेलले वडावासीको समस्या समाधान गर्नेतर्फ तत्काल पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा ‘नापतौल कार्यालय’ नहुँदा नेपालगञ्ज जान बाध्य’
दाङमा ‘नापतौल कार्यालय’ नहुँदा नेपालगञ्ज जान बाध्य’
आजको विश्वकप फुटबलमा यी ८ देश भिड्दै
आजको विश्वकप फुटबलमा यी ८ देश भिड्दै
प्राधिकरणबाट सवा तीन अर्ब राजश्व सङ्कलन
प्राधिकरणबाट सवा तीन अर्ब राजश्व सङ्कलन
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
मधेस केन्द्रित दलका सांसदद्वारा बैठक बहिष्कार
आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक विदा
आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक विदा
पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम
पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम

तपाईंले छुटाउनुभयो कि?