कृषिप्रधान देश……… ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
कृषिप्रधान देश……… ?

सारांश

  • गणेश शाक्य के अझै पनि हाम्रो देश नेपाल कृषिप्रधान देश नै हो त ?
  • एकपल्ट सोच्नैपर्ने अवस्था छ ।
  • कृषिप्रधान हुनुको विभिन्न सूचकहरुमध्ये ६०÷६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित हुनु बाहेक अरु के आधार छ नेपाललाई कृषिप्रधान देश भन्नुमा ?

गणेश शाक्य

के अझै पनि हाम्रो देश नेपाल कृषिप्रधान देश नै हो त ? एकपल्ट सोच्नैपर्ने अवस्था छ । कृषिप्रधान हुनुको विभिन्न सूचकहरुमध्ये ६०÷६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित हुनु बाहेक अरु के आधार छ नेपाललाई कृषिप्रधान देश भन्नुमा ? यसरी, बहुसंख्यक जनसंख्या कृषिमा निर्भर हुनुमा कतै बाध्यता त हैन ? भन्ने प्रश्न पनि उव्जिएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानकै कुरा गर्ने हो भने पनि यस क्षेत्रको योगदान खस्कँदो अवस्थामा रहेको सबैलाई थाहा भएकै कुरा हो । अहिले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ देखि ३० प्रतिशतको हाराहारीमा रहेको छ जब कि रेमिट्यान्स आप्रवाहबाट ३० प्रतिशत भन्दा बढी योगदान पु¥याएको अवस्था छ ।

कृषिप्रधान देश भनी कहलाउन त कृषिमा आत्मनिर्भर हुनु पर्ने हैन र ? खै त आत्मनिर्भर भएको ? हरेक कृषिवस्तु आयातकै भरमा छ । धान, चामल, गहुँ, मकै, फापर, दलहन, तेलहन, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, माछा, मासु आदि कुन चाहिँ वस्तुमा आत्मनिर्भर छ ? सबै आयातबाटै धानेको छ ।

तथ्यांक नै हेर्ने हो भने पनि आ.व. २०७३÷७४ मा भारतबाट मात्रै २४ अर्ब मूल्य बराबरको चामल आयात भएको छ । जबकि, वि.सं. २०४० सम्म नेपालले भारत लगायत तेस्रो मुलुकमा समेत कृषिजन्य वस्तु निर्यात गर्ने गथ्र्यो । निर्यात प्रबद्र्धनकै लागि भनी धान चामल निर्यात कम्पनीको समेत स्थापना भएको थियो । त्यसैगरी, मकै रु. १० अर्बभन्दा माथि, गहँु रु. ५ अर्बभन्दा माथि र तेल रु. २५ अर्बको आयात भएको छ । भारतबाट मात्रै आलु अर्बौं रुपैयाँको, अन्य तरकारी रु. १५ अर्बको, फलपूmल रु. ९ अर्बको भित्रिएको छ भने गेडागुडी रु. १० अर्बभन्दा बढीको आयात भएको छ । दूध तथा दूग्धजन्य पदार्थ रु. २ अर्बभन्दा माथि, जिउँदा जनावर पनि रु. २ अर्ब भन्दा माथि, र माछा मासु रु. एक अर्ब भन्दा माथिको आयात भएको छ । यसरि, हरेक वर्ष कृषिवस्तु आयातको लागि खर्बौ खर्ब रुपैयाँ बाहिरिने, अनि कृषिप्रधान कृषिप्रधान भनि रटेर बस्ने ? देशमा कृषिको अवस्था नाजुक हुँदै गइरहेको छ भन्ने कुरा उपराष्ट्रपति नन्दबहादुर पुनज्यूले आयात प्रतिस्थापन गर्न नसक्नु, परनिर्भरता बढ्दै जानुले आपूm चिन्तित भएको भन्ने अभिव्यक्तिले अझै प्रस्त पारेको छ ।

एकातिर कृषि क्षेत्रको अवस्था खस्कँदै गइरहेको अवस्था छ भने अर्कोतर्फ रेमिट्यान्स आप्रवाहले देशको व्यापार घाटा सन्तुलित पार्न हदैसम्म सहयोग पु¥याउँदै आएको तथ्यलाई नकार्न सकिदैन । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन, यूएन माइग्रेसन एजेन्सी र इन्टरनेशनल लेवोर अर्गनाइजेसनसँगको सहकार्यमा श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१६÷१७ मा रु. ६९९ अर्ब रेमिट्यान्स आप्रवाह भएको थियो । यसरी कुल गार्हस्थ उत्पादनमा योगदान पु¥याउने देशहरुको सूचीमा नेपाल चौंथौ स्थानमा रहेको देखाइएको छ । यसो भन्नुको अर्थ अब रेमिट्यान्स आप्रवाहलाई नै प्राथमिकता दिनुपर्छ भन्ने पनि हैन । किनभने रेमिट्यान्स आप्रवाह सधै स्थिर र भरपर्दो स्रोत हुँदैन । नेपालको आर्थिक विकासको लागि कृषिक्षेत्रलाई नै प्राथमिकता दिँदै जानु पर्छ किनभने नेपालमा कृषि विकासको लागि प्राकृतिक स्रोतसाधनको अझै कमि छैन ।

हुन त नेपालमा कृषि विकासको लागि प्रयास नभएको हैन । प्राथमिकता क्षेत्र पनि हो तर पनि यस क्षेत्रमा अहिलेसम्म जेजति प्रगति हुनु पर्ने हो, त्यो चाहिँ भएन । कारणहरु धेरै छन् । कृषि योजनाहरु बनाइन्छ, त्यसको कार्यान्वयन पक्ष फितलो छ । एकपछि अर्को योजना बन्छ, विभिन्न नीति निर्देशन बन्छ, सफल कार्यान्वयन हुन पाउँदैन । हजारौं आयोजनाहरु सञ्चालनमा ल्याइयो, नतिजा निराशाजनक । आकासे खेती अनि सिंचाई सुविधा बिस्तार हुँदैन । एकातिर आयातको आकार बढ्दै छन् भने अर्कोतर्फ देशमै उत्पादित बस्तु बजार नपाई फाल्नु पर्ने अवस्था । कृषि बजार व्यवस्थित कहिल्यै हुन सकेन । आवश्यक भएको बेलामा न त भने जति मलखाद नै पाउँछ न त बीउबिजन नै । कृषिवस्तु सञ्चयका लागि ठूल्ठूला भण्डारहरु बन्नुपर्ने हो तर बनेनन् । कृषि व्यावसायीकरण भन्छन्, व्यवसाय गर्न तम्सिनेहरुको लागि कुनै सरल पहुँच नै छैन । अनि कसरी कृषि विकास हुन्छ ? कसरी आत्मनिर्भर बन्न सकिन्छ ?

साँच्चै नेपाललाई कृषिप्रधान देश भनी पहिचान दिने हो भने कृषि क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ । हजारौं हजार आयोजनाको आवश्यकता पनि छैन । एउटा ठोस नीतिको आवश्यकता छ । यति वर्षमा यो काम पूरा नै गर्ने भनी समय नै निर्धारण गरी आवश्यकताअनुसारको कार्यक्रम तय गरी प्राथमिकताका साथ कृषिलाई आधुनिकरण गरी उद्योगको रुपमा र राष्ट्रिय अभियानको रुपमा अगाडि जान सके मात्र कृषि क्षेत्रबाट फड्को मार्न सकिएला नत्र भने कृषिप्रधान देश नाम मात्रमा सीमित रहला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’
ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’
यस कारण शुक्रबार महत्त्वपूर्ण
यस कारण शुक्रबार महत्त्वपूर्ण
संखुवासभाः जिल्लाबाट  प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरे,
संखुवासभाः जिल्लाबाट प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरे,
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
विश्वभरी ट्विटर डाउन
विश्वभरी ट्विटर डाउन
बले र कक्रोचको रक्षा र जुनासँग रोमान्स (भिडियोसहित)
बले र कक्रोचको रक्षा र जुनासँग रोमान्स (भिडियोसहित)
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
झण्डै चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा योजनामा
झण्डै चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा योजनामा
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु
लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु