पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०८०
|
|
२१ पटक हेरिएको
Shares
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित

सारांश

  • जेरुसेलम।
  • इरानले आफ्नो भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण गरी अहिलेसम्मकै उच्च कक्षमा राखेको बताएको छ।
  • यो कार्यक्रमको एक हिस्सा हो, जसमा पश्चिमी देशहरूले तेहरानले उन्नत ब्यालेस्टिक मिसाइलहरू बनाएकोमा आशंका व्यक्त गरेका छन्।

जेरुसेलम। इरानले आफ्नो भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण गरी अहिलेसम्मकै उच्च कक्षमा राखेको बताएको छ।

यो कार्यक्रमको एक हिस्सा हो, जसमा पश्चिमी देशहरूले तेहरानले उन्नत ब्यालेस्टिक मिसाइलहरू बनाएकोमा आशंका व्यक्त गरेका छन्।

इरानको यो घोषणा यस्तो समयमा आएको हो, जब गाजा पट्टीमा हमासविरुद्ध इजरायली आक्रमण जारी छ र हालै इरान र पाकिस्तानले एक अर्काको देशमा हवाई हमला गरेका छन्। यी घटनाक्रमका कारण पश्चिम एसियामा तनाव बढ्दै गएको छ।

सरकारी समाचार एजेन्सी इरनाले सोराया उपग्रहलाई तीन चरणको रकेटमार्फत पृथ्वीको सतहबाट ७५० किलोमिटर माथिको कक्षमा राखिएको जनाएको छ। यद्यपी उक्त भू उपग्रह कुन क्षेत्रमा प्रयोग गरिएको हो भन्ने बारे तत्काल कुनै जानकारी आदान प्रदान गरिएको छैन।

समाचारमा भनिएको छ कि यो प्रक्षेपण इरानको नागरिक अन्तरिक्ष कार्यक्रमका साथै इरानको ‘रिभोलुसनरी गार्ड्स’को अन्तरिक्ष कार्यक्रमको हिस्सा हो।

अमेरिकाले यसअघि इरानको उपग्रह प्रक्षेपणले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको भन्दै तेहरानलाई आणविक हतियार बोक्न सक्ने ब्यालिस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो। इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?