सडक दुर्घटना एकै परिवारका १४ जनाकाे मृत्यु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • हनोई, १४ साउन ।
  • मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।
  • विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो ।

हनोई, १४ साउन । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।

विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए ।

प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ । गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष पनि सो सङ्ख्या ८ हजार ६ सय थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?