प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १९, २०७७
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु

सारांश

  • काठमाडौं, १९ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आज भक्तपुरस्थित् बालकोटको निजी निवास पुगेका छन् ।
  • विहान पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि ओली बालकोट पुगेका हुन् ।

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज भक्तपुरस्थित् बालकोटको निजी निवास पुगेका छन् । विहान पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि ओली बालकोट पुगेका हुन् । उनलाई पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्वागत गरेका थिए ।

बाँस्कोटा ओलीको निजी निवासमा बस्दै आएका छन् । ओली पत्नी राधिका शाक्यसहित बालकोट पुगेका हुन् । उनलाई अब स्थायी रूपमा बस्नेगरि कहिले आउनुहुन्छ ? भनेर नेता बाँस्कोटाले प्रश्न सोधेको र ओलीले अब अढाई वर्षपछि मात्रै आउने जवाफ दिएका थिए ।बालकोटको घरमा आजको बसाईको क्रममा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिधिहरूसँग छलफल गरेका थिए । र, उनले कोरोनाविरुद्ध कसरी काम भैरहेको छ भन्नेबारेपनि जानकारी दिएका थिए । ओली अहिले बालुवाटार फर्किईसकेका छन् । आज विहान बालुवाटारमा ओलीले अध्यक्ष दाहालसँगै बरिष्ठ नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङपनि सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?