नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १८, २०७७
|
|
२७ पटक हेरिएको
Shares
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी

सारांश

  • पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघनिकट विद्यार्थी नेताहरु पक्राउ परेका घटनाप्रति नेबिसंघ केन्द्रीय समितीले बिरोध जनाएको छ ।
  • आज नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशीक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए ।
  • प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेविसंघका प्रताव बानियाँ, अशिम सुवेदी, सन्देश ठकुरी, रमेशचन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका अध्यक्ष राजिब ढुंगानाले बिज्ञप्तिमार्फत जानकारी दिए ।

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघनिकट विद्यार्थी नेताहरु पक्राउ परेका घटनाप्रति नेबिसंघ केन्द्रीय समितीले बिरोध जनाएको छ । आज नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशीक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेविसंघका प्रताव बानियाँ, अशिम सुवेदी, सन्देश ठकुरी, रमेशचन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका अध्यक्ष राजिब ढुंगानाले बिज्ञप्तिमार्फत जानकारी दिए ।

भ्रष्ट र प्रतिगमनका मतियार प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा प्रहरी दमनको भरमा सत्ताको आयु लम्ब्याउन खोजे त्यो दिवा सपना मात्र हुने चेतावनी दिंदै संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रहरीको नियन्त्रणमा रहेका आफ्ना विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न र अन्यथा आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी दिएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?