१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा
सारांश
- काठमाडौं, २९ असार ।
- कान्तिपुर दैनिक छोडेको १० वर्षपछि नारायण वाग्ले फेरि कान्तिपुर दैनिकमै फर्किएका छन् ।
- वाग्ले आजदेखि नै कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्ने गरी कान्तिपुर मिडिया ग्रुपमा फर्किएका हुन् ।
काठमाडौं, २९ असार । कान्तिपुर दैनिक छोडेको १० वर्षपछि नारायण वाग्ले फेरि कान्तिपुर दैनिकमै फर्किएका छन् । वाग्ले आजदेखि नै कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्ने गरी कान्तिपुर मिडिया ग्रुपमा फर्किएका हुन् ।
पत्रकार नारायण वाग्लेले लामो समय कान्तिपुरको सम्पादकको जिम्मेवारी सम्हालेर निस्किएका थिए । यसपटक वाग्ले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधानसम्पादकको रुपमा नियुक्त भएका हुन् ।
पत्रकार नारायण वाग्लेले लामो समय कान्तिपुरको सम्पादकको जिम्मेवारी सम्हालेर निस्किएका थिए । यसअघि सुधीर शर्माले कान्तिपुर दैनिकको प्रधानसम्पादक र अखिलेश उपाध्यायले दी काठमाडौं पोष्टको प्रधानसम्पादकबाट भर्खरै राजीनामा दिएका थिए । दी काठमाडौं पोष्टको प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्न भने को आउने हो ? अझै निश्चित भइनसकेको बताइएको छ ।
प्रतिक्रिया