मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’

सारांश

  • जुम्ला, २६ असार ।
  •  अनशनरत डा.
  • गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ ।

जुम्ला, २६ असार । अनशनरत डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ । चिकित्सकहरूले रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा औंल्याएका छन् ।

डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन् ।

सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ । रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ । सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ । निमोनियाका कारण मृत्युको खतरा रहन्छ । अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ । डा. केसीलाई एअरलिफ्टबाट काठमाडाैं लैजान चिकित्सकहरूले सुझाव दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा. केसीलाई काठमाण्डु लैजानुको विकल्प नभएको चिकित्सकहरूले बताएका हुन् । चिकित्सकहरुले उनलाई समयमा काठमाण्डु लगेर उपचार नगरे जे पनि हुन सक्ने चेतावनी दिएका छन् ।

डा. केसी भने चिकित्सा शिक्षा ऐन तत्काल यथारूपमा जारी नभएसम्म कर्णालीमै मर्न तयार हुने तर अनशन तोडेर बाहिर नजाने अडान लिएका छन् ।

‘कर्णालीका नागरिक पनि मजस्तै मान्छे हुन्, यहाँका मान्छे यही अस्पतालका भरमा छन्’, उनले भने, ‘मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास किन नगर्ने ? बरु यहाँ नभएका उपकरण र आवश्यक जनशक्ति सरकारले व्यवस्था गरोस् ।’ सरकारले थामथुम पार्दैमा अनशन नरोक्ने उनले अडान लिए। ‘अब सबै माग एकैपटक सम्बोधन भएमात्रै यो अनशन रोकिन्छ, तीन करोड नेपालीको स्वास्थ्यमा सरकारले खेलवाड गर्न मिल्दैन ।’

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Kumar Bahadur Basnet

    य सरखार डाक्टर केशिकाे ज्यान बचाउ हामिपनि अनसन बस्न नपराेस

      Comment Author

      Ishwar Kunwar

      basda vayo ne vannu perdaina???

      Comment Author

      Bachan Gee

      Ishwar Kunwar hahaha basda ramro ni hai

      Comment Author

      Ishwar Kunwar

      Bachan Gee hajur

    Comment Author

    Tanka Giri

    आफ्नो खुसिले अनसन बस्नेलाइ सरकारको ढिकुटिको पैसाले उपचार खर्च गरे नेपाली जनता सबै अनसन बस्न बाध्य हुनेछन गोबिन्द केसिलाइ मर्न दिनु पर्यो नेपाललाइ सान्तहुन्छ यस्को तेस्तो योगदाननै केछ देशमा कुन गरिबका छोराछोरीलाई एउटा सिटामोल सितैमा दिएको छर यो माफियाले कुरा मात्र ठूलो गर्ने हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?