अव्यवस्थित सवारी पार्किङले समस्या
सारांश
- काठमाडाैं।
- अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ।
- जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौँमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै बुधबार कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन्।
काठमाडाैं। अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौँमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै बुधबार कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन्।
सो पार्किङले थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिने, अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिने, शहरी सुन्दरता बढाउन सकिने, प्रदूषण घटाउन तथा सडकमा सवारी गुड्दा अहिले भइरहेको बाधा कम गराउन सकिने काठमाडौँमा मेकानिकल पार्किङ उपयुक्त अध्ययनले देखाएको छ।
शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँमा सवारी व्यवस्थापन अपरिहार्य रहेको तर एकैपटक जटिल खालको प्रविधि ल्याउने नसोचौँ भने।
प्रतिक्रिया