अस्पताल र आन्दोलनरत पक्षबीच छ बुँदे सहमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
१९ पटक हेरिएको
Shares
अस्पताल र आन्दोलनरत पक्षबीच छ बुँदे सहमति

सारांश

  • काठमाडौँ ।
  • निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक र कर्मचारीबीच छ बुँदे सहमति भएको छ ।
  • सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

काठमाडौँ । निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक र कर्मचारीबीच छ बुँदे सहमति भएको छ ।

सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनले आजैदेखि अस्पताल प्रशासनमा लगाइएको ताला र चिकित्सकरकर्मचारीले गर्दै आएको अनशन पनि तोडिएको बताए ।

उनका अनुसार निजामती कर्मचारी अस्पताल (कर्मचारीको सेवाका सर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन चिकित्सक, कर्मचारी र कर्मचारी युनियनको प्रतिनिधित्वमा एक महिनाभित्र पेस गर्ने, अस्पतालको समग्र गुणस्तर सुधारका लागि सबै पक्षको सहभागी गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

यस्तै अस्पतालको समग्र गुणस्तर, वित्तीय स्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई दृष्टिगत गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनका आधारमा स्वीकृत करार कार्यविधिबमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुनेसमेत)चिकित्सकरकर्मचारीलाई प्राथमिकता दिई सेवाको सुनिश्चिता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेस गर्ने पनि सहमति भएको छ ।

यस्तै, अस्पतालको समग्र गुणस्तर, सेवाप्रवाहमा सुधार र सेवाप्रवाहमा निरन्तरता दिने एवं निजामती कर्मचारी मैत्री अस्पतालमा रूपान्तरण गर्न ऐक्यबद्धता जारी गर्ने सहमति भएको छ । अस्पतालमा केही दिनदेखि चिकित्सक, कर्मचारीले विभिन्न छ बुँदे माग राखी अनशन बस्दै अस्पताल प्रशासनमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ: मुख्यमन्त्री राई
अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ: मुख्यमन्त्री राई
कामी रिता शेर्पाले राखिन विश्व कीर्तिमान
कामी रिता शेर्पाले राखिन विश्व कीर्तिमान
अमेरिकी राष्ट्रपति अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर
अमेरिकी राष्ट्रपति अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबी राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?
सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबी राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन
देश प्रदेश को तयारी ……
देश प्रदेश को तयारी ……
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
सहकारी ठगी प्रकरण : संसदीय छानविनपछि प्रहरी अनुसन्धानमा रवि
सहकारी ठगी प्रकरण : संसदीय छानविनपछि प्रहरी अनुसन्धानमा रवि

तपाईंले छुटाउनुभयो कि?