प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०८०
|
|
१७ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप महिला टि–२० :  सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेछ ।
  • फाइनलमा पुग्न सुदूरपश्चिम प्रदेशले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग खेल्नेछ ।

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेछ ।

फाइनलमा पुग्न सुदूरपश्चिम प्रदेशले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग खेल्नेछ । उक्त खेल सोमबार हुनेछ । आज खेलमा जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १४ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा विन्दु रावल सर्वाधिक ५४ रनको योगदान गरिन । उनी ४९ बलमा ७ चौकासहित ५४ रनमा अविजित रहिन् ।

त्यस्तै सम्झना खड्का १६ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन । रुवि पोदार २२ बलमा २ चौकासहित १८ रनमा आउट भइन् । बागमतीको लागि मनिषा उपाध्यायले १ विकेट लिइन् । त्यसअघि कृतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती १९ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिएको थियो ।

बागमतीको लागि कञ्चन श्रेष्ठले ४६ बलमा ५ चौकासहित सर्वाधिक ३६ रनको योगदान दिइन् । त्यसैगरी हेलिसा गुरुङले १०, यशु पाण्डेले ७, सोनी पाख्रिनले १४, खुसी डङ्गोलले १० र मनिषा उपाध्यायले ८ रन बनाइन् ।

सुदूरपश्चिमकि करिष्मा थापाले ३ विकेट लिइन् भने लक्ष्मी साउद र ऋतु कनौजियाले समान दुई दुई विकेट लिए । आजै भएको पहिलो क्वालिफायर खेलमा एपिएफले कोशी प्रदेशलाई ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
रंगशाला काण्ड सम्झाउने हावाहुरी, पूर्वसुचनामा किन यस्तो कमजोरी ?
रंगशाला काण्ड सम्झाउने हावाहुरी, पूर्वसुचनामा किन यस्तो कमजोरी ?
स्वस्थानी व्रतकथा आजदेखि
स्वस्थानी व्रतकथा आजदेखि
How an M&A Data Bedroom Can Make Mergers and Purchases Safer
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी
एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
३२० पालिका प्रमुखमा कांग्रेसको जित
गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन   (सूचीसहित)
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?