प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्।
  • सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि गत पुष २६ गते पहिलो पटक संसदवाट विश्वासको मत लिएका थिए।

एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई थियो।

जस अनुसार पहिलो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए। तर राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा गठबन्धनको संरचना परिवर्तन भयो।

राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चासहितको नयाँ गठबन्धन बन्यो।

राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। त्यसपछि नेकपा एमाले पनि सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आएको हो।

विश्वासको मत लिने तयारी गरिरहँदा शनिवार बसेको सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन्। अहिले सत्ता गठबन्धनमा १० दल सहभागी छन्।

अहिले गठनबन्धनमा रहेका कांग्रेस -८९, माओवादी केन्द्र- ३२, जसपा- १२, नेकपा एस- १०, जनमत- ६, लोसपा- ४, नागरिक उन्मुक्ती पार्टी -३, राष्ट्रिय जनमोर्चा- १ सिट संसदमा प्रतिनिधित्व छ।

यी दलहरुले विश्वासको मतदिदा प्रचण्ड नेतृत्व सरकारले स्पष्ट रुपमा पुन विश्वासको मत पाउने देखिन्छ। प्रधानमन्त्रीले बिश्वासको मत पाउन संसदमा रहेका १ सय ३८ सांसदको समर्थन चाहिन्छ।

संविधानको धारा १०० को उपधारा (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश
लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र  चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
“mostbet Kz Официальный Сайт: Казино И Букмекерская Контор
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग

तपाईंले छुटाउनुभयो कि?