*म सडक बालक*(कविता)

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
१७ पटक हेरिएको
Shares
*म सडक बालक*(कविता)

सारांश

  • –उमेश बञ्जाडे धर्तिमा शरण लिएको म अरूकै जुठो टिपेरै जिएको म हेरिरहेछु रंगमञ्चको रमिता लिइरहेछु हरेक मन्द बतासको गन्ध आज सबेरैदेखि अलि बेग्लै अलिक सुगन्धित गन्धहरू मेरा गन्धे नाकहरूमा ठोक्केका छन् सायद, श्यामेको घरमा ताइबसेका छन् घुम्दै होलान् सेलरोटी मीठा मीठा सायद, फिनी र अनरसा पनि फुरिसकेछन् ।
  • ए, दशैं पनि आउँदैछ भन्थे !
  • त्यसैले होला, रामेले नयाँ चाचा लाएको छ म त अरूकै जुठो टिपेर जिएको मान्छे म त यो धर्तिमा शरण लिएको मान्छे मेरो पनि बा हुन्थे भने फेर्नेथिए नयाँ नयाँ चाचाहरू मेरो पनि आमा भा‘को भए झन्किने थिए कराइमा रोटीहरू सायद, मेरो निभेको चुलोमा दन्किने थिए आगोका अगुल्टाहरू तर, त्यो त बादल पारिकै सपना हो मेरो खुर्के डाँडामा सुकेको लाँकुरीको जिउने आशासरि आफै दुखेको म दुखियालाई कर्णालीलाई खासासरि ।

–उमेश बञ्जाडे
धर्तिमा शरण लिएको म
अरूकै जुठो टिपेरै जिएको म
हेरिरहेछु रंगमञ्चको रमिता
लिइरहेछु हरेक मन्द बतासको गन्ध
आज सबेरैदेखि अलि बेग्लै
अलिक सुगन्धित गन्धहरू
मेरा गन्धे नाकहरूमा ठोक्केका छन्
सायद, श्यामेको घरमा ताइबसेका छन्
घुम्दै होलान् सेलरोटी मीठा मीठा
सायद, फिनी र अनरसा पनि फुरिसकेछन् ।

ए, दशैं पनि आउँदैछ भन्थे !
त्यसैले होला, रामेले नयाँ चाचा लाएको छ
म त अरूकै जुठो टिपेर जिएको मान्छे
म त यो धर्तिमा शरण लिएको मान्छे
मेरो पनि बा हुन्थे भने
फेर्नेथिए नयाँ नयाँ चाचाहरू
मेरो पनि आमा भा‘को भए
झन्किने थिए कराइमा रोटीहरू
सायद, मेरो निभेको चुलोमा
दन्किने थिए आगोका अगुल्टाहरू
तर, त्यो त बादल पारिकै सपना हो मेरो
खुर्के डाँडामा सुकेको
लाँकुरीको जिउने आशासरि
आफै दुखेको म दुखियालाई
कर्णालीलाई खासासरि ।

आउँदैछ दशैं भन्छन्
भरिनेछन् निधारभरि
सबैको अक्षता, कानमाथि जमराहरू
आफू त हप्तै भयो पेट आएको छैन
हाड छालाले ओत पाएको छैन
केनै पो गर्न सक्थेँ र म
धर्तिमा शरण लिएको म
अरूकै जुठो टिपेर जिएको म
म एउटा सडक बालक ।

******************
आज बालबालिका माथी अत्याचार विरुद्धको दिवस । यो रचना बाल श्रम शोषणको विरुद्धमा लेखिएको हो। परन्तु- यो कविता होला नहोला, मलाई कविताको ‘क’ सिकाउने आदरणीय दाजु नवीन लोचनमगर दाजुलाई हृदय देखिनै सम्झन्छु!!
–दाङ, देउखुरी, हाल: बालुवाको ओछ्यान …!

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Umesh Banjade

    हार्दिक धन्यवाद ! शिखरन्युज!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?