खेल पूर्वाधार निर्माण धमाधम

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
५२ पटक हेरिएको
Shares
खेल पूर्वाधार निर्माण धमाधम

सारांश

  • गण्डकी ।
  • गण्डकीमा यस वर्ष ठूलासाना गरी एक सय ६५ खेल पूर्वाधारका योजना छन् ।
  • तिनमा रु पाँच लाखदेखि रु १५ लाखसम्मको बजेट छ ।

गण्डकी । गण्डकीमा यस वर्ष ठूलासाना गरी एक सय ६५ खेल पूर्वाधारका योजना छन् । तिनमा रु पाँच लाखदेखि रु १५ लाखसम्मको बजेट छ । कतै खेल पूर्वाधारको निर्माण त कहीँ स्तरोन्नति कार्य भइरहेको छ ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ४० पूर्वाधार योजना सम्पन्न भइसकेका छन् । ‘एक स्थानीय तह, एक खेल मैदान’ अन्तर्गत १५ वटा खेल मैदानका लागि सम्झौता भएर काम सुरु भएको छ ।

मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले ५० प्रतिशत योजनाको काम पूरा भएको बताए । ‘अरु योजना पनि सम्झौता भएर कार्यान्वयनमा गएका छन्, केही सम्झौताका क्रममा छन्’, उनले भने ।

प्रदेश सरकारका एक सय ५० र सङ्घ सरकारबाट आएको सःशर्त बजेटका १५ गरी कूल एक सय ६५ खेल पूर्वाधार बन्न लागेका हुन् । ‘जेठ मसान्तभित्र सबै पूर्वाधार निर्माणको काम सक्न उपभोक्ता समितिलाई ताकेता गरेका छौँ’, महाशाखा प्रमुख पौडेलले भने, ‘बजेट सानो भए पनि खेलकुदका योजना गाउँगाउँ पुगेका छन् ।’

पूर्वाधारतर्फ खेल मैदान, कभर्डहल, व्यायामशाला आदि निर्माण र स्तरोन्नतिका योजना छन् । मन्त्रालयले ‘खेल मैदानको निर्माण एवं स्तरोन्नतिसम्बन्धी मापदण्ड, २०७८’ बमोजिम योजना सम्झौता एवं कार्यान्वयन गर्ने गरेको छ ।

मन्त्रालयले बेलैमा काम सक्न पटकपटक योजना सम्झौताका लागि सूचित गरेको थियो । आर्थिक वर्ष घर्किनै लाग्दा योजना सम्झौता र काम गर्ने प्रवृत्ति भने अझै हट्न सकेको छैन । योजनाको काममा ढिलाइ हुँदा फरफारक र भुक्तानीमा समस्या निम्तिने गरेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा अन्तर्राष्ट्रियस्तरको उच्च उचाइ खेलमैदान निर्माणका लागि जग्गाको नापजाँचसहित विस्तृत डिजाइनको काम पूरा भएको मन्त्रालयले जनाएको छ । जग्गाको टुङ्गो लागेपछि उक्त आयोजनालाई ‘डिपिआर’का लागि बजेटमा राखिने महाशाखा प्रमुख पौडेलले बताए ।

आव २०७५/०७६ मै प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड’ पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने घोषणा गरे पनि जग्गा व्यवस्थापन नहुँदा काम भएको छैन । बागलुङको ढोरपाटनमा बनाउने भनिएको ‘हाइअल्टिच्युड’ खेलमैदान पनि घोषणामै सीमित बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३औँ  विश्वकप फुटबलको आयोजना यि तिन देशले गर्ने
२३औँ विश्वकप फुटबलको आयोजना यि तिन देशले गर्ने
यस्ता गुण भएकी नारी जसले परिवारमा सुख र समृद्धि भित्राउँछन
यस्ता गुण भएकी नारी जसले परिवारमा सुख र समृद्धि भित्राउँछन
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
लुम्बिनीलाई प्रदूषणबाट जोगाउने चुनौती
लुम्बिनीलाई प्रदूषणबाट जोगाउने चुनौती
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रकाे अाग्रह !
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रकाे अाग्रह !
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !
अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने
अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने
शिक्षामा अलग-अलग तीन सङ्घीय ऐनको तयारी
शिक्षामा अलग-अलग तीन सङ्घीय ऐनको तयारी
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी