प्रधानमन्त्री पत्नीले पतिलाई भोट नहाल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री पत्नीले पतिलाई भोट नहाल्ने

सारांश

  • नवराज पनेरु, कैलाली २१ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै पत्नी आरजु राणाले भोट नहाल्ने हुनुभएको छ ।
  • कैलाली ५ बाट प्रतिनिधिसभाकी उमेदवार आरजु राणा प्रधानमन्त्री देउवालाई भोट हाल्न डडेल्धुरा नजाने भएको नेपाली कांग्रेस कैलालीका उपसभपाति प्रकास बहादुर बमले जानकारी दिनुभयो ।
  • प्रधानमन्त्रीको एक भोटका लागि डडेलधुरा जाँदा धनगढीमा सयौ मत घट्न सक्ने सम्भावना भएकाले मतदानका लागि डडेल्धुरा नजाने निर्णय भएको बमले बताउनुभयो ।

नवराज पनेरु, कैलाली २१ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै पत्नी आरजु राणाले भोट नहाल्ने हुनुभएको छ । कैलाली ५ बाट प्रतिनिधिसभाकी उमेदवार आरजु राणा प्रधानमन्त्री देउवालाई भोट हाल्न डडेल्धुरा नजाने भएको नेपाली कांग्रेस कैलालीका उपसभपाति प्रकास बहादुर बमले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको एक भोटका लागि डडेलधुरा जाँदा धनगढीमा सयौ मत घट्न सक्ने सम्भावना भएकाले मतदानका लागि डडेल्धुरा नजाने निर्णय भएको बमले बताउनुभयो । आरजुको डडेलधुरा स्थित गन्यापधुरा गाउँपालिका १ मा मतदाता नामावली छ ।

डडेलधुरामा देउवासँग बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता खगराज भट्ट प्रतिस्पर्धा गरिरहनुभएको छ । प्रधानमन्त्री देउवासँग उहाँको यो तेस्रो प्रतिस्पर्धा हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?