लकडाउन जेठ ३२ सम्म

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १८, २०७७
|
|
३५ पटक हेरिएको
Shares
लकडाउन जेठ ३२ सम्म

सारांश

  • कोरोना भाइरसको जोखिम कम गर्न भन्दै सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने भएको छ ।
  • शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।
  • सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो ।

कोरोना भाइरसको जोखिम कम गर्न भन्दै सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सरकारले विमानस्थल भने असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरेको छ । बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।

नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराइनेछ ।

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ, मृतकको संख्या सात पुग्यो तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरेका हुन्।  तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।  दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो।

फाइल फोटो                         फाइल फोटो

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?