मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २६, २०७७
|
|
२९ पटक हेरिएको
Shares
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा

सारांश

  • प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने कुनै उद्देश्य नभएको बताएका छन् ।
  • उनले भने,‘मलाई प्रधानमन्त्री पदसँग मतलब छैन् ।
  • बरु, फेरि सभापति बन्ने मेरो उद्देश्य छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने कुनै उद्देश्य नभएको बताएका छन् । उनले भने,‘मलाई प्रधानमन्त्री पदसँग मतलब छैन् । बरु, फेरि सभापति बन्ने मेरो उद्देश्य छ ।’ बुधबार कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँगको भेटमा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । पूर्वसांसद सीता गुरुङलगायतका जनजाती नेताहरू सहभागी थिए । देउवाले आफू फेरि एकपटक सभापति बन्नेगरि आन्तरिक तयारीमा लागेकोले सत्ताको खेलमा नलाग्ने कुरा बताएका थिए ।

पछिल्लो समय सर्वोच्च अदालतको फैसला आएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । यो सँगै माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजोमात्रै सभापति देउवासँग सत्ता सहकार्यको लागि भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट देउवाले आफू सरकारमा जान लालयित नभएको कुरा स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?