प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १५, २०८१
|
|
१४ पटक हेरिएको
Shares
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको समझदारीअनुसार एक हप्ता अगाडि नै पद हस्तान्तरण गर्ने बताएका छन्।
  • आज (शनिबार) क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्रीमा एक वर्ष १० महिना १५ दिनमात्रै प्रधानमन्त्रीमा रहने बताए ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको समझदारीअनुसार एक हप्ता अगाडि नै पद हस्तान्तरण गर्ने बताएका छन्।

आज (शनिबार) क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्रीमा एक वर्ष १० महिना १५ दिनमात्रै प्रधानमन्त्रीमा रहने बताए । उनले आफूभित्र बढी समय प्रधानमन्त्रीमा रहौं भन्ने भावना नरहेको बताए । समयमै प्रधानमन्त्री पद हस्तान्तरण गरिने उनको भनाइ छ।

‘मैले सधैं म प्रधानमन्त्री बन्छु, मैँ नेतृत्व गर्छु नेपालको भनेर हुन्छ र ? मलाई मन नपराउनेहरुका लागि म खुसीको खबर भन्न चाहन्छु– मेरो यस पल्ट प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ । मन नपराउनेहरुलाई खुसीको कुरा । त्यो भन्दा पनि हप्ता दिन अघि नै छोड्छु् भनेको छु मैले । बढी खाउँ भनेको होईन कि बरु समयमै हस्तान्तरण गरांै भन्ने मेरो नीति रहन्छ,’– उनले भने ।

कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएर वर्तमान सरकार बनेको थियो । जसमा दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विश्वासमा लिइराख्न पटक–पटक आफूहरुबीच भएको सहमति सम्झाउने गरेका छन् ।

साथै, प्रधानमन्त्री ओलीले आफूले आजसम्म जानीजानी झुठ नबोलेको पनि दाबी गरे । आफू ६ दशकदेखि देश बनाउने अभियानमा रहेको र अहिलेसम्म आफ्नो हक नलाग्ने, पसिनाको कमाइ बाहेक अरु केही आर्जन नगरेको पनि उनको दाबी छ ।

साथै, माओवादीले जनयुद्धको नाममा हिंसा फैलाएको उनको आरोप छ । प्रधानमन्त्री ओलीले तत्कालीन समयमा माओवादीको गतिविधिलाई लिएर आफूले चर्का प्रतिरोध गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?