हुम्लामा हेलिकप्टरबाट जिप लगियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
३३ पटक हेरिएको
Shares
हुम्लामा हेलिकप्टरबाट जिप लगियो

सारांश

  • काठमाडौं, १८ फागुन – राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ ।
  • सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो।
  •  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, १८ फागुन – राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए ।

रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।  ‘सुर्खेतबाट सिमिकोटसम्म हेलिकोप्टरको भाडामा मात्रै १० लाख ५० हजार तिरेँ,’ उनले भने ।त्यस्तै अर्का व्यवसायी विजय लामाले पनि सेनाको हेलिकोप्टरबाटै बुधबार गाडी ल्याएका छन् । उनले पनि सुर्खेत विमानस्थलबाट हेलिकोप्टर चार्टर गरेरै सिमिकोटमा गाडी ओरालेका हुन् । यी दुईसँगै सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुगेको छ । यसअघि लोकजंग शाही र सरोज रावतका तीनवटा गाडी चल्थे ।

सिमिकोटमा ११ किलोमिटर सडक
हुम्ला सदरमुकाम सिमिकोटलाई कालिकोटबाट कर्र्णाली राजमार्ग र चीनको तिब्बतस्थित हिल्साबाट सीमा सडकले जोड्दै छ । उत्तरतिर हिल्साबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर सडक बनेको छ । ९५ किमि लामो यो सडकले सिमिकोट जोड्न अझै २४ किमि बाँकी छ।

सुर्खेतबाट सिमिकोटसम्म दुई सय ९० किलोमिटर कर्र्णाली राजमार्ग निर्माणाधीन छ । यसमा कालिकोटको लालुबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ, भने उता सिमिकोटबाट दक्षिणतिर खार्पुनाथसम्म ११ किमि सडक बनेको छ । त्यही सिमिकोट–खार्पुनाथ सडकमा गाडी चल्ने गरेका हुन् । यसमा तीन सय ५० रुपैयाँ भाडा लाग्छ ।

सुर्खेत विमानस्थलबाट सिमिकोट विमानस्थल पुग्न एक घन्टा लाग्छ । तर, व्यवसायीहरूलाई सुर्खेतबाट सिमिकोटसम्म गाडी ढुवानी गर्न भने तीन महिना लागेको छ । ‘सुर्खेत विमानस्थलबाट सिमिकोट पुर्‍याउन तीन महिना लाग्यो,’ व्यवसायी चिना रावतले भने ।

उनको गाडी मंसिरमा नै सुर्खेत विमानस्थल पुगेको थियो । रावतले त्यतिवेलै हेलिकोप्टर चार्टरका लागि सेनालाई निवेदन दिएका थिए । सेनाको मुख्यालय हुँदै राष्ट्रपति कार्यालयबाट स्वीकृति पाउन तीन महिना लागेको उनले बताए ।

अर्का व्यवसायी बुदे बुढाको गाडी पनि सुर्खेत विमानस्थल पुगेको छ । उनले पनि हेलिकोप्टर चार्टरका लागि नेपाली सेनालाई निवेदन दिएका छन् । निवेदनसँगै ११ लाख ५० हजार भाडा पनि बुझाइसकेका छन् । उनले भने, ‘कहिले मिल्छ थाहा छैन, काठमाडौंबाटै हेलिकोप्टर आउने भएकाले एक लाख रुपैयाँ बढी तिरेको हुँ ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    JN Marasini

    गुड निउज

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली भूमि मिच्दै भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग
नेपाली भूमि मिच्दै भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक
एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक
दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली
दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

तपाईंले छुटाउनुभयो कि?