प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।
  • सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारमा सामेल आठ मन्त्रीले सामुहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारमा सामेल आठ मन्त्रीले सामुहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो। कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको हो।

प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए। तिमध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।

संविधान अनुसार सरकारमा सहभागी दल मध्ये कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रावधान रहेको छ। तर संसदमा रहेका प्रमुख ठुला दुई दल नै नयाँ सरकार बनाउने सहमति बनाएको अवस्थामा विश्वासको मत पाउने सम्भावना नभएपछि अब प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर सरकारबाट बाहिरिने दबाब बढेको छ।

माओवादी केन्द्रले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेपनि प्रधानमन्त्री राजीनामाको मनस्थितिमा पुगेको र संसदमा सम्बोधन गरेर राजीनामा गर्न सक्ने चर्चा पनि चलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोज ११ गते शनिबारको राशिफल यस्तो छ
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का
अध्यक्षमा प्रचण्ड र अोलीको कुरा मिलेन, अब सरकार गठनपछि पार्टी एकता
अध्यक्षमा प्रचण्ड र अोलीको कुरा मिलेन, अब सरकार गठनपछि पार्टी एकता
आलेख : शौचालय जान चियाको बहाना
आलेख : शौचालय जान चियाको बहाना
काठमाडौं महानगरको मतगणना सुरू
काठमाडौं महानगरको मतगणना सुरू
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
नरेन्द्र मोदीको सपथमा प्रधानमन्त्री ओली पनि सहभागि हुँदै
नरेन्द्र मोदीको सपथमा प्रधानमन्त्री ओली पनि सहभागि हुँदै
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल