उपत्यकाको लोकप्रिय मतमा महेश बस्नेत पहिलो
सारांश
- सुजन पन्त काठमाडौं, पुस १५ ।
- काठमाडौं उपत्यकामा लोकप्रिय मतको रेकर्ड एमाले नेता महेश बस्नेतको नाममा कायम भएको छ ।
- यो निर्वाचनमा उपत्यकाबाट सबैभन्दा राम्रो मत पाउनेमा बस्नेतको नाम कायम भएको हो ।
सुजन पन्त
काठमाडौं, पुस १५ । काठमाडौं उपत्यकामा लोकप्रिय मतको रेकर्ड एमाले नेता महेश बस्नेतको नाममा कायम भएको छ । यो निर्वाचनमा उपत्यकाबाट सबैभन्दा राम्रो मत पाउनेमा बस्नेतको नाम कायम भएको हो ।
भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई बस्नेतले दोब्बर मतले पराजित गरेका हुन् । बस्नेतले ३६ हजार ४ सय १२ मत पाए भने कांग्रेस उम्मेदवार ढुंगानाले १८ हजार ६ सय ७५ मत पाए ।
उक्त क्षेत्रमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी नेतृ पूर्व सांसद अनुराधा थापाले ५ हजार ४ सय ७१ मत मात्रै पाइन ।
‘बहुदल आएपछि २८ वर्षको इतिहासमै यो मतान्तर सबैभन्दा धेरै मततान्तर हो,’ बस्नेतले भने, ‘यसभन्दा अघि कसैले पनि यति मतान्तरले उपत्यकाबाट जितेका छैनन् ।’
निर्वाचित बस्नेत पूर्व–उद्योगमन्त्री समेत हुन् । बस्नेत २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए ।
त्यस्तै बस्नेतपछि दोस्रो लोकप्रिय मतको रेकर्ड नेमकिपाका प्रेम सुवालको नाममा कायम भएको छ । उनले कांग्रेसका बाबुराजा जोशीलाई १६ हजार मतान्तरले पराजित गरेर आफ्नो नाममा रेकर्ड राखेका हुन् ।
सुवालले ३३ हजार ०७६ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी जोशीले १७ हजार ८१८ मत पाएका छन् । वाम गठबन्धनका साझा उम्मेदवगार माओवादीका मिलन सुवालले १५ हजार ३७४ मत पाएका छन् ।
यस्तै तेस्रो लोकप्रिय मतको रेकर्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नाममा कायम भएको छ । नेपालले प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार दिपक कुईंकेललाई १२ हजार ४ सय ६६ मतको फराकिलो मत अन्तरले पराजित गरेका हुन् ।
खसेको ५३ हजार १ सय ४० मतमा नेपालले २७ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कुईंकेलले १४ हजार ९ सय मत प्राप्त गरेका छन् ।
यस्ता छन् उपत्यकाका १५ क्षेत्रमा विजयी उम्मेदवारहरु :–
ललितपुर
नवराज सिलवाल ६ हजार मतान्तरले विजयी ललितपुर १
कृष्णलाल महर्जन ११ हजार मतान्तरले विजयी ललितपुर २
पम्फा भुषाल २ हजार मतान्तरले विजयी ललितपुर ३
काठमाडौं
प्रकाशमान सिंह ८ सय मतान्तरले विजयी काठमाडौं १
माधव नेपाल १२ हजार मतान्तरले विजयी काठमाडौं २
कृष्ण बहादुर राई ५ हजार मतान्तरले विजयी काठमाडौं ३
गगन थापा ३ हजार मतान्तरले विजयी काठमाडौं ४
ईश्वर पोखरेल १० हजार मतान्तरले विजयी काठमाडौं ५
भीमसेनदास प्रधान १ हजार मतान्तरले विजयी काठमाडौं ६
रामविर मानन्धर ८ हजार मतान्तरले विजयी काठमाडौं ७
जीवनराम श्रेष्ठ १ हजार मतान्तरले विजयी काठमाडौं ८
कृष्णगोपाल श्रेष्ठ ८ हजार मतान्तरले विजयी काठमाडौं ९
राजेन्द्र कुमार केसी ३ हजार मतान्तरले विजयी काठमाडौं १०
भक्तपुर
प्रेम सुवाल १६ हजार मतान्तरले विजयी भक्तपुर १
महेश बस्नेत १८ हजार मतान्तरले विजयी भक्तपुर २
प्रतिक्रिया