बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!

सारांश

  • बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति-२०६८ ले आफ्नो संगठनले उठाएका जायज मागहरु पूरा नगरे हतियार उठाउने चेतावनी दिएको छ ।
  • उनीहरुले जायज माग सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल पूरा नगरे तथा आफ्नो सिपको सदुपयोग शशक्त र शसस्त्र आन्दोलनबाट गर्न तयार रहेको चेतावनी दिएका हुन् ।
  • स्वेच्छिक अवकाश लिएका पूर्वजनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने अथवा सो आर्थिक प्याकेज बराबर दिर्घकालिन व्यवस्थापन हुनेगरि कुनै पनि क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने समितिको माग रहेको छ ।

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति-२०६८ ले आफ्नो संगठनले उठाएका जायज मागहरु पूरा नगरे हतियार उठाउने चेतावनी दिएको छ । उनीहरुले जायज माग सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल पूरा नगरे तथा आफ्नो सिपको सदुपयोग शशक्त र शसस्त्र आन्दोलनबाट गर्न तयार रहेको चेतावनी दिएका हुन् । स्वेच्छिक अवकाश लिएका पूर्वजनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने अथवा सो आर्थिक प्याकेज बराबर दिर्घकालिन व्यवस्थापन हुनेगरि कुनै पनि क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने समितिको माग रहेको छ । बहिर्गमित जनमुक्ति सेनालाई लगाएको कथित अयोग्य विल्ला तुरुन्तै खारेजी साथै औपचारिक कार्यक्रमगरि सम्मानयुक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गरिनुपर्ने पनि समितिले माग तेर्साएको छ । आफूहरुको संगठनको नाममा डलरको खेती गर्ने जो कोहीलाई कालोमोसो दलेर सामाजिक बहिष्कार गर्ने पनि समितिले चेतावनी दिएको छ । समितिले बृहत शान्ति सम्झौताको मर्मविपरित मानव अधिकारवादीहरुले आफूहरुको नाममा डलरको खेती गरेको भन्दै जनकारबाही गर्ने चेतावनी पनि दिएको छ । केन्द्रीय संघर्ष समितिका अध्यक्ष असिम लिम्वु ‘सुनिल’ ले बहिर्गमित सेनाको नाममा मानव अधिकारकर्मी र केही अधिवक्ताहरुले डलरको खेती गरिरहेको आरोप लगाएका छन् । उनले भने,‘केही दिनअघि अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काईएका बहिर्गमित जनमुक्ति सेना नेपालका पूर्वअध्यक्ष लेनिन बिष्टलाई केही मानव अधिकारवादीहरुले बोकिरहनुभएको छ,त्यस्ता मानव अधिकारवादीलाई खोजीखोजी टाउकोमा हान्ने समय आएको छ, एक जना पूर्वमाओवादी लडाकुलाई उचाल्ने काम गरिरहनुभएको छ, हामी ४ हजार ८जनाको अधिकारको लागि नबोल्ने तर एक जना मानिसलाई निरन्तर बोक्ने ?शान्ति सम्झौताको हितविपरित उचाल्ने काम हुँदैछ, यो रोकिनुपर्छ ।’ त्यस्तै कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करन’ ले प्रेस विज्ञप्ती वाचन गर्दै स्वेच्छिक अवकाश लिएका पूर्वजनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने, लगानीको वातावरण सिर्जना गर्नुपर्ने, अयोग्यताको बिल्ला तुरुन्तै खारेज गर्नुपर्ने, सम्माजनक प्रमाणपत्र प्रदान गनुर््पर्ने, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता कुराहरुमा प्राथमिकता दिनुपर्ने, शान्तिपूर्ण आन्दोलनका क्रममा राज्यद्धारा विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाहरुको विना सर्त रिहाई गरिनुपर्ने लगायतका मागहरु पूरा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका अर्का उपाध्यक्ष योग्यबहादुर कार्कीले लेनिन बिष्ट २०६३ पछि संरक्षणको नाममा आएको सदस्य मात्रै भएको भन्दै उनले जनयुद्धमा बालबालिका प्रयोग भएको भनेर उठाएको विषय गलत भएको दाबी गरे ।  

उनले भने,‘जवरजस्ती उनलाई बन्दुक बोकाएको होईन, उनी शान्ति प्रक्रियामा आईसकेपछिको समयमा उनी आएका हुन, जनयुद्धमा कसैलाई पनि जबरजस्ती बन्दुक बोकाईएको थिएन, विमानस्थलबाट फकार्ईएको विषयलाई लिएर मानव अधिकारकर्मीहरुले लेनिन बिष्टलाई उचालिरहेका छन्, शान्ति प्रक्रियालाई पूर्णतादिनेतर्फ लाग्नुको साटो उल्टै भड्काउने काममा उहाँहरु लाग्नुभएको छ, बहिर्गमित सेनाको नाममा डलरको खेती गर्नेहरुलाई हामीले खोजी खोजी बहिष्कार गरिसकेका छौं ।’ उनले अघि थपे,‘लेनिन विष्ट शान्ति मन्त्रालयबाट १५ लाख रुपैयाँ लिएर ४ लाख ६० हजार हिनामिना गरेको मान्छे हुन्, नाकाबन्दीको बेला थानकोट डिपोबाट कालोबजारी गरेका व्यक्ति हुन, संस्थाको नामका कागजात किर्ते तथा दुरुपयोग गरेकोजस्ता कारण २०७३ चैत ३० गते साधारण सदस्यमात्रै रहनेगरि विष्टलाई विषेश राष्ट्रिय भेलाले हटाएको हो ।’ शान्ति प्रक्रियामा आएपछिका १० वर्षहरु निक्कै कष्टकर रहेको सुनाउँदै बहिर्गमित जनमुक्ति सेना नेपालका प्रवक्ता भीमबहादुर तामाङले आफ्ना मागहरु पूरा गर्न सरकारसमक्ष आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेना नेपालका सल्लाहकार संयोजक लालचन्द्र बिक, उपाध्यक्ष केबी रम्तेल, महासचिव राजन थापा, उपमहासचिव कोपिला राई, कोषाध्यक्ष मोतिसरा खड्काले आ–आफ्ना कुराहरु राखेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?