८ बन्दी छाड्ने सहमतिपछि किराँत वर्कसले कांग्रेसलाई सघाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
८ बन्दी छाड्ने सहमतिपछि किराँत वर्कसले कांग्रेसलाई सघाउने

सारांश

  • ललितपुर, ८ मंसिर।
  • कारगारमा रहेका आफ्ना ८ बन्दी रिहा गर्न नेपाली कांग्रेस सहमतको भन्दै किराँत जनवादी वर्कर्स पार्टी नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने जनाएको छ ।
  • पार्टीका केन्द्रीय समितिका अध्यक्ष साङकेन्मा किरातीद्धारा मंसिर ७ गते शुक्रबार जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

ललितपुर, ८ मंसिर। कारगारमा रहेका आफ्ना ८ बन्दी रिहा गर्न नेपाली कांग्रेस सहमतको भन्दै किराँत जनवादी वर्कर्स पार्टी नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने जनाएको छ ।

पार्टीका केन्द्रीय समितिका अध्यक्ष साङकेन्मा किरातीद्धारा मंसिर ७ गते शुक्रबार जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

सो दलको विज्ञप्तिमा नजाइएअनुसार फरार भनिएका ६ जना कार्यकर्ताको मुद्दा फिर्ता लिने, ८ जना बन्दीलाई तत्काल रिहा गर्ने र दोहोरो भिडन्तमा मारिएका दुई योद्धालाई शहीद घोषणा गर्ने लगायतका माग पूरा गर्न नेपाली कांग्रेसको नेतृत्व सहमत भएकोले सो निर्णय गरिएको पार्टीले जनाएको छ ।

पार्टीले आफ्ना माग पूरा गर्न मध्यस्थको भूमिका खेलेकोमा नेपाली कांग्रेस पाँचथरका क्रियाशील सदस्य लक्ष्मण चेम्जोङप्रति आभार समेत गरेको कांग्रेसको केन्द्रीय निर्वाचन प्रचार प्रसार उप समितले उपलब्ध समाचारमा उल्लेख छ।

किराँत वकर्स पार्टीको यस निर्णयले पूर्वी नेपालका ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सुनसरी, मोरङ्ग, सोलखुम्बु, ओखलढुंगा, खोटाङ्ग, उदयपुर लगायतका जिल्लाहरुमा नेपाली कांग्रेसका उम्मेद्वारलाई प्रत्यक्ष लाभ हुने अपेक्षा सो दलले लिएको छ ।

‘यसबाट पहिलो चरणमा निर्वाचन हुने पूर्वी नेपालका नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई झनै सहज हुने अपेक्षा कांग्रेसले लिएको छ,’ उप समितिको समाचारमा रहेको छ।

पूर्वी पहाडी जिल्लाहरूमा सशस्त्र भूमगित गतिविधि गर्दै आएको थियो । किरात जनवादी वर्कर्स पार्टीले २०७१ साल पुसमा राज्यलाई हतियार बुझाउँदै सशस्त्र कार्यशैलीलाई परिवर्तन गरी निशस्त्र र विचार मूल राजनीतिक धारमा उभिएर सैद्धान्तिक लडाईं लड्ने जनाएको थियो ।

उनीहरुले विभिन्न समयमा पक्राउ परेका कार्यकर्ताहरूको रिहाई र विभिन्न मुद्दा खेपिरहेका नेता कार्यकर्ताहरूको मुद्दा खारेजी हुनु पर्ने माग गरेको थियो ।

सरकारद्वारा मारिएका पार्टी अध्यक्ष विवश विद्रोही र खगेन्द्र जबेगुलाई सहिद घोषणा गर्नु पर्ने समेत माग गर्दै आएको थियो।

किरात जनवादी वर्कस पार्टीले खोटाङको चिसापानी, देविस्थान, फाक्टाङ र नुनथला प्रहरी चौकी आक्रमण गरी त्यहाँ भएका सबै हतियार लुटेर लगेका थिए । २०६७ बैशाख २१ गते नुनथला प्रहरी चौकी आक्रमण गरी पाँच थान राईफल, सोको गोली, सञ्चार सेट, पेस्तोल लगायत लुटपाट गरेका थिए।

२०६४ माघ ७ गते चिसापानी, देविस्थान र फाक्टाङ एकैसाथ आक्रमण गरी त्यहाँबाट सात नाल थ्रीनटथ्री राइफल, त्यसको पाँच सय राउण्ड गोली, दुई थान पिस्तोल र त्यसको २१ राउण्ड गोली, तीन थान हत्कडी, हेनसेट (सञ्चार सेट) एक थान साथै त्यसको बेट्री दुई थान लगायतका सामान लुटेर लगेका थिए ।

यसबाहेक दक्षिणी क्षेत्रमा पर्ने बडकादियाले, सावाकटहरे, काहुले, इन्द्रणीपोखरी लगायत गाविसको कार्यालयका कागजात जलाउनुका साथै काहुलेस्थित नेपाल टेलिकमको टावर समेत आगजनी, जिल्ला अदालत खोटाङ परिसरमा प्रेसरकुकर राखेर आतङ्क मच्याएको थियो ।

(तस्विर कान्तिपुर दैनिकबाट लिएको हो। २०७१ सालमा हतियार बुझाउँदा समयको हो।)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    यात्रा रहेछ जिन्दगी

    yo koho yopani pagal nai rahexa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस
विद्युत् चोर्ने कर्मचारी कोही जेलमा, कोही तारेखमा
विद्युत् चोर्ने कर्मचारी कोही जेलमा, कोही तारेखमा
भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने
भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने
जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव
जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ
गाईजात्रा पर्वमा विकृति, माैलिक गीतमा अश्लिलता भित्रँदाे !
गाईजात्रा पर्वमा विकृति, माैलिक गीतमा अश्लिलता भित्रँदाे !
नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी
नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
चीन र अमेरिका आमने सामने, एकाएक बिग्रियो सम्बन्ध
चीन र अमेरिका आमने सामने, एकाएक बिग्रियो सम्बन्ध