कास्कीमा सडक दुर्घटना बढ्दो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
१७ पटक हेरिएको
Shares
कास्कीमा सडक दुर्घटना बढ्दो

सारांश

  • गण्डकी ।
  • दुई साताको अन्तरमा पोखरामा दुई जनाले सडक दुर्घटनामा ज्यान गुमाए ।
  • महानगरको व्यस्त सडक न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो ।

गण्डकी । दुई साताको अन्तरमा पोखरामा दुई जनाले सडक दुर्घटनामा ज्यान गुमाए । महानगरको व्यस्त सडक न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो । त्यसअघि यही चैत ३ गते चिप्लेढुङ्गामा नगर बसको ठक्करबाट स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीले ज्यान गुमाउनुप-यो ।

यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनालाई दर्शाउँछ । यसरी लगातार जसो भइरहेका दुर्घटनाले सडक सुरक्षामा प्रश्न उठ्न थालेको छ । सार्वजनिक यातायातमा देखिएको असुरक्षाप्रति सर्वसाधारण त्रसित छन् । सडक दुर्घटना न्यूनीकरण नभएकामा जनगुनासो बढ्दो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म कास्कीमा ७९ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी २९ जनाले ज्यान गुमाए भने ८९ जना गम्भीर घाइते भए । आव सकिन अझै तीन महिना बढी बाँकी छ । गत वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो ।

आव २०७७/०७८ मा भएका ६४ सडक दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए । पछिल्ला तीन वर्षको आँकडाले कास्कीमा सडक दुर्घटना बढ्दै गएको देखाउँछ । दुर्घटनाको सङ्ख्यासँगै मानवीय क्षति पनि बढ्दो क्रममा छ । बढ्दो आवादी र सवारी चापले बर्सेनि दुर्घटनाको जोखिम बढाएको हो । पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए ।

नब्बेदेखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका उनको भनाइ छ । “तीव्र गति, मापसे जस्ता कारणबाट बढी दुर्घटना हुने गरेको छ, सहरी क्षेत्रमा हुने दुर्घटनामा साना सवारीसाधनको बढी दोष देखिन्छ”, उनले भने । चालु आवमा भएका ७९ दुर्घटनामध्ये ४४ तीव्र गतिका कारण भएको उनले उल्लेख गरे । स्तरहीन सडक, यान्त्रिक गडबडी, जथाभावी पार्किङ आदि कारणले पनि दुर्घटना हुने गरेको छ । “पोखरामा व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ”, प्रहरी वरिष्ठ नायब निरीक्षक पाठकले भने, “ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माणले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।” कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
शववाहन खरिद गर्न फुटसल
शववाहन खरिद गर्न फुटसल
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
रेणु दाहाल बनिन प्रचण्डको चुनावी कमाण्डर
रेणु दाहाल बनिन प्रचण्डको चुनावी कमाण्डर
एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री
एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री
भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जनाको मृत्यु
भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?